Skip to content

साँचो कुरा लेखौँ भने ज्यान, जागिरको आश छ
नलेखौँ त छातीभरि पीडाहरूको ह्रास छ ।

ज्यान, जागिर असुरक्षित हुने ठाउँमा बास छ
आँ गर्दा अलङ्कार बुझ्नोस् भन्ने मेरो आश छ ।

अपराध नलुकाउनु भन्ने जनमास छ
त्यसैले त सङ्केत मात्र, नत्र सत्यानाश छ ।

ज्यान, जागिर असुरक्षित हुने ठाउँमा बास छ
आँ गर्दा अलङ्कार बुझ्नोस् भन्ने मेरो आश छ ।

मेरो जीवन, जीवन होइन साँच्चै जिउँदो लाश छ
थोरैभन्दा धेरै बुझ्नोस् भन्ने मेरो आश छ ।

कहाँनेर कस्तो जागिर सोध्लान् भन्ने त्रास छ
शिक्षण पेसा भन्नुमात्र दुर्गुणहरूको ह्रास छ ।

सबै साँचो कसरी लेख्नु, रामराम सत्यानाश छ
अरू त के पो डर, साथीभाइकै भास छ ।

ज्यान, जागिर असुरक्षित हुने ठाउँमा बास छ
आँ गर्दा अलङ्कार बुझ्नोस् भन्ने मेरो आश छ ।

श्री शिशु रक्षा प्रा.वि.पावाखोला-३,
सङ्खुवासभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *