Skip to content

डा. चेतबहादुर कुँवर

शान्ति शान्ति भनी

  • by

शान्ति शान्ति भनी चिच्याउछौँ, क्रान्ति भन्न हामी छोड्दैनौँ
बुझ पचाई दिन कति काट्ने सहमति नै रोज्दैनौँ
सत्यमा असत्य, न्यायमा अन्याय दिन नै रात पार्दा
दुई जिब्रे भै देश कति बाँच्ने छिया छिया हुन जाँदा

तीन अभिव्यक्ति

  • by

असहृय भो
वीर भनिने नेपाली आज किन दिनोदिन निर्वल भो
शान्तिदूतको जन्मस्थल यही अशान्त, क्रान्त कसरी भो
सगरमाथाको उच प्रतिष्ठा हरपल किन ह्रास भो
बुझ पचाई हिँड्छाँै कसरी असहृय भो असहृय भो ।

राष्ट्र एक ढिक्का

  • by

कतै हामी हिन्दू कतै हामी बौद्ध
कुनै छौं किराँती कुनै हामी सिख
कोही छौं क्रिस्तानी कोही मुसलमान
जात धर्म खालि महिला पुरुष ।