Skip to content


असहृय भो
वीर भनिने नेपाली आज किन दिनोदिन निर्वल भो
शान्तिदूतको जन्मस्थल यही अशान्त, क्रान्त कसरी भो
सगरमाथाको उच प्रतिष्ठा हरपल किन ह्रास भो
बुझ पचाई हिँड्छाँै कसरी असहृय भो असहृय भो ।

मोती बनी झुल्किए
ओइलिने फूल भएर कुन बाँचेको कहाँ छ ?
विकास गर्दा अवरोध भए उन्नति कहाँ छ ?
एकता विना सफलता त्यसै पाउँछ कसले ?
अमर बन्छ जीवन हाम्रो मोती बनी झुल्किए ।

शुभेच्छाको अन्जली
मनको मैला हट्दै यहाँ स्वच्छताको बास बसोस् ।
भोक रोगको युध्द झेल्दै जीवन मौलाई रहोस्
अञ्जली भरको स्वच्छ जल अर्पौ भविष्यलाई
शान्त, सुखी बनाऔ है विसाल यो नेपाललाई ।

मधुपर्क २०६७ चैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *