Skip to content

पुष्प अधिकारी अञ्जलि

20160529_PushpaAdhikariAnjali-Lekh

शिखर आरोहणको क्रमिकतामा: हजार सपना

साहित्य नै जीवन हो, यसले जीवनमा चेतना, संवेग र हृदयानुभूतिको स्पर्श गर्दछ । यसले नयाँ जीवन, समयकाल र नयाँ दृष्टिकोणहरू जन्माउँछ र सामाजिक सभ्यता र संस्कारको विकास पनि गर्छ । वर्तमान समयमा उत्तरआधुनिक लेखनले चर्चा पाइरहेकै बेला थुप्रै लेखकहरू परिष्कारवाद, स्वच्छन्दतावाद, अस्तित्ववाद र यथार्थवाद एव म प्रगतिवादबाट अगाडि बढिरहेका छन् । साहित्यमा विकसित हुदैं गएको यो नवीन दृष्टिकोण, शैली र विचारको प्रविधि पनि हो । साहित्यले अरूहरूको अनुकरण मात्रै हैन नयाँ जीवनको पुनर्स्थापना पनि गर्न सक्छ । कतिपय स्रष्टाहरू अराजकतावादी भएपनि तिनले ल्याएका चेतनाहरू परिवर्तनशील हुन्छन्, जीवनलाई नयाँ ढंग र शिराबाट परिभाषित गर्न सक्छन् ।

धमिलिएका डोबहरूमा एउटा सङ्लो अनुभूति

  • by

नेपाली गजल साहित्यमा एउटा फरक शैलीको रूपमा चितवनका दुई प्रतिभाको एउटै कृति गजल सवाल–जवाफको सयुक्त सङ्ग्रह प्रकाशन हुनु चितवनको गजल इतिहासमा पहिलो कृति हो । यस कृतिले निश्चित रूपमा एउटा सकरात्मक सन्देश दिनेछ समाजलाई र गजलकारिताको क्षेत्रलाई मान्छेका मनहरू कसरी कहाँ रूपान्तरति हुन्छ त्यो समयको कुरा हो । मैले चिनेको यी दुई प्रतिभा गजलकारहरू रामकृष्ण पौडेल र फुच्ची जमुना नेपाली गजलका तिख्खर प्रतिभा हुन् । सृजनाको आगो बोकेर प्रत्येक गाउँ वस्तीहरूमा काव्यिक चेतना भर्न सक्ने यी प्रतिभाशाली गजलकारहरू संवेदनशील हुन् । अक्षर यात्राहरूमा र समयका पाउहरूलाई क्षतिपूर्ति दिनसक्ने सम्भावना छन् यी प्रतिभाहरूसँग ।

PuspaAnjali

मान्छेहरु अचेल किन शिष्ट हुँदैनन्

मान्छेहरु अचेल किन शिष्ट हुँदैनन्
मित्रतामा त्यति धेरै घनिष्ट हुँदैनन् ।

आदर्श घोक्छन् र शिष्टता पिउँछन्
तैपनि व्यवहारमा वरिष्ट हुँदैनन् ।

ढुङ्गाहरुलाई पुजेर के प्रार्थना गर्छौ
मान्छेहरु देवताको इष्ट हुँदैनन् ।