मान्छेहरु अचेल किन शिष्ट हुँदैनन्
मित्रतामा त्यति धेरै घनिष्ट हुँदैनन् ।
आदर्श घोक्छन् र शिष्टता पिउँछन्
तैपनि व्यवहारमा वरिष्ट हुँदैनन् ।
ढुङ्गाहरुलाई पुजेर के प्रार्थना गर्छौ
मान्छेहरु देवताको इष्ट हुँदैनन् ।
आउँछन् समय उचाल्दै शब्द जुलुसहरु
नेपथ्यको गरिमा निर्णय निर्दिष्ट हुँदैनन् ।
जुनसँगै खेलेर रमाउँछ यहाँ पुष्प
स्वार्थ बिना केही किन अभिष्ट हुँदैनन् ।
अध्यक्षः हाम्रो मझेरी साहित्य प्रतिष्ठान
सचिवः गजलमाच चितवन ।
गजलगृह भरतपुरमो।९८४५०४५४५५
