Skip to content

प्रेम पुन

म अत्यचारी हुँ ! म लोभी हुँ ! म पापी हुँ !

म अत्यचारी हुँ ! म लोभी हुँ ! म पापी हुँ !

फूलहरूको सौन्दर्यतामा मोहित हुन्छु,
‘र, म नजिक गएर छुन्छु,
चिटिक्क सजिएका फूलहरूलाई चुम्छु,
अनि स्पर्स गर्न हतारिन्छु,
त्यसैले त,
म अत्यचारी हुँ !

ढेडु बाँदरसंग जम्काभेट हुँदा

सावन महिना थियो।गर्मीले त्यो पहाडको बिचमा अडिएको एकटुक्रा खेत पनि ज्यादै तातिएको थियो।बाग्लो मकैबारीको भित्रदेखि आउने तातो हावामा सास फेर्न पनि निकै गार्हो पर्दैथ्यो।बाँधिएको भैसी पनि उकुस-मुकुसमा कहिले सुत्ने कहिले उठ्ने गर्दैथ्यो।म भैसी माथि पानी छ्यापेर खेल्दै थिँए।आमा र अरु दाई-दिदीहरु गाँउको घर जानु भएकोले सल्लेनीमा ‘बा’ र म मात्रै थियौ। बा’ले बिहान चरनको लागि छोडेका गाईका गोबर सोहोरेर आउनु भा’कोले उहाँको हातै भरि गोबर लागेको थियो।

जब हुन्छौ टाढा तिमी पोल्छ तिम्रो यादले

जब हुन्छौ टाढा तिमी पोल्छ तिम्रो यादले
साथ हुँदा रुँवाउछ तिम्रो बिछोडिने बातले ।
धनको लोभ त्याग बरु खोले-सिस्नु खाँउला
नजाऊ बिदेश सुखदुख बाँडौला सँगै बाँचौला ।।

पहिले राणाले लुटे फेरि राजाहरूले लुटे

पहिले राणाले लुटे फेरि राजाहरूले लुटे
अहिले नेता र फटाहाहरूले लुट्दै छन् !
गरीबलाई नोकर बनाई साहु बन्दै छन्
युवालाई बिदेश लखेटी मोज गर्दै छन् !

एक तेर्से नजर तिम्ले के लगाथ्यौ ठहरै परें’नि

एक तेर्से नजर तिम्ले के लगाथ्यौ ठहरै परें’नि
टुप्पोमा चढेको मान्छे फेरि भुईंमै खसें’नि।

राम्री पनि अति राम्री सजिएकी फूल जस्ती
सम्हालिन नपाँउदै म त बेहोसी भई लडें’नि।

लजाएर हेर्ने बानीले उनको मुस्कानको खानीले
एक बचन बोल्न नपाँउदै म त मूढो झै जलें’नि।

तिमी शहरका धनी बाउका छोरी

तिमी शहरका धनी बाउका छोरी
तिमी जस्तै दिदी-बैनीहरू
खाली खुट्टा घाँस्-दाउरा
कुटो-कोदालो गरिरहँदा
तिमी स्टेप र साल्सा नाँच
नाचिरहेकी हुन्छौ

तिमी थियौ र म थिएँ

तिमी थियौ र म थिएँ
चारै तिर हरियाली थियो
रंगी-बिरंगी फूल फुलेका थिए
अनि फूलहरुको माझमा
केवल तिमी र म आफ्ना
मिठो प्रेम साटी रहेका हुन्थ्यौ
तिमी थियौ र म थिएँ
मेरो सपना सजिएको थियो

मिठो बोली बोल्दा चिप्ले किरा भन्छौ

मिठो बोली बोल्दा चिप्ले किरा भन्छौ
चुप लागी बसे भने लाटो मान्छे ठान्छौ
टाढै बसे भने पनि माया मारिस भन्छौ
अघि-पछि हुँदा पनि सबै रिस पोख्छौ।।

म अस्तित्व हराएको मान्छे

म गोठमा जन्मेर
गाँउमा हुर्केको मान्छे,
दु:खको पहाड बोकेर
हिंडेको मान्छे,
लगाउनलाई म संग
चप्पल थिएन,
लाहुरेको छोराहरुको
जुत्ता हेरेर मक्ख पर्थे,
पैतला फुटेर जमिन
भासिए जस्तो हुन्थ्यो,