मिठो बोली बोल्दा चिप्ले किरा भन्छौ
चुप लागी बसे भने लाटो मान्छे ठान्छौ
टाढै बसे भने पनि माया मारिस भन्छौ
अघि-पछि हुँदा पनि सबै रिस पोख्छौ।।
जीबन सबैको एउटै हो मलाई बली बनाउछौ
फूलपातीलाईझै चुडेर मुर्ती-मन्दिरमा चडाउछौ
जती धेरै माया दिन्छु म उति नखरा पार्छौ
माया दिनेको मन मारी ब्यर्थै पाप बोक्छौ।।
बिश्वासको फूल कुल्चेर संघार काटी हिडछौ
आफ्नोलाई पराई भनि मलाई सधै रुवाउछौ
प्रदेशीत होइन’नि म नचिनेझै पराई ठान्छौ
पवित्र प्रेमलाई धराप थापी मेरो शिकार गर्छौ।।
प्रेम पुन, बेल्जियम