यो कस्तो सपना थियो म एक्लो रुँदै-चिच्चाउदै थिएँ
चिराख थियो हातमा मेरो म आफैंलाई जलाउदै थिएँ।।
औंसी रातझैं अध्यारो थियो म आँफैसँग डराई भाग्दै थिएँ
मृत्यु र जीवनको लडाईं थियो म आफैंलाई ढलाउदै थिएँ।।
स्वर्ग थियो या त्यो नर्क थियो खै म कुन बस्तीमा थिएँ
आर्यघाट झै त्यो शुन्य थियो म आफैंलाई टुक्र्याउदै थिएँ।।
