एक तेर्से नजर तिम्ले के लगाथ्यौ ठहरै परें’नि
टुप्पोमा चढेको मान्छे फेरि भुईंमै खसें’नि।
राम्री पनि अति राम्री सजिएकी फूल जस्ती
सम्हालिन नपाँउदै म त बेहोसी भई लडें’नि।
लजाएर हेर्ने बानीले उनको मुस्कानको खानीले
एक बचन बोल्न नपाँउदै म त मूढो झै जलें’नि।
चार हजार भोल्टको करेन्ट रैछ तिम्रो त्यो नजर
ऐया पनि भन्न नभ्याई म त खरानी भएँ’नि।
एक तेर्से नजर तिम्ले के लगाथ्यौ ठहरै परें’नि
घर-बार सबै भुली तिम्रै जादु-टुनामा फसें’नि।
