Skip to content

जब हुन्छौ टाढा तिमी पोल्छ तिम्रो यादले


जब हुन्छौ टाढा तिमी पोल्छ तिम्रो यादले
साथ हुँदा रुँवाउछ तिम्रो बिछोडिने बातले ।
धनको लोभ त्याग बरु खोले-सिस्नु खाँउला
नजाऊ बिदेश सुखदुख बाँडौला सँगै बाँचौला ।।

दुई आत्मको संगम हो हाम्रो पवित्र माया
धन भन्दा अमुल्य छ नभई देऊ है छाँया ।
चाहिदैन महंगो सारी बरु गुन्यूचोलो लाँउला
नजाऊ बिदेश सुखदुख बाँडौला सँगै बाँचौला ।।

परदेशीको भर हुन्न गुलियोमा भुलिन्छ रे
माया लाउनेको पर्खाईमा ज्यान जान्छ रे ।
पर्दैन महल बनाउन बरु थोत्रो घर सजाँउला
नजाऊ बिदेश सुखदुख बाँडौला संगै बाँचौला ।।

3 thoughts on “जब हुन्छौ टाढा तिमी पोल्छ तिम्रो यादले”

Leave a Reply

Your email address will not be published. Required fields are marked *