म अत्यचारी हुँ ! म लोभी हुँ ! म पापी हुँ !


म अत्यचारी हुँ ! म लोभी हुँ ! म पापी हुँ !

फूलहरूको सौन्दर्यतामा मोहित हुन्छु,
‘र, म नजिक गएर छुन्छु,
चिटिक्क सजिएका फूलहरूलाई चुम्छु,
अनि स्पर्स गर्न हतारिन्छु,
त्यसैले त,
म अत्यचारी हुँ !

कुनै फूलमा म रङ हेर्छु,
कुनै फूलको आकार दाँज्छु,
कहीँ हाँगा-पातको सहरा रोज्छु,
कतै बलियो फेडको आड लाग्छु,
त्यसैले त,
-म लोभी हुँ !

एउटा फूलमा म ममता खोज्छु,
आर्को फूलको बास्नामा लठ्ठिन्छु,
कहिले फूलको रस चोर्छु,
केही नफक्रिदै टिप्छु,
त्यसैले त,
-म पापी हुँ !

म अत्यचारी हुँ ! म लोभी हुँ ! म पापी हुँ !

प्रेम पुन, बेल्जियम

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *