Skip to content

दीपेन्द्र के.सी.

तीन टुक्राहरू

  • by

(१)

जनताको छाप्रोमा
एक सिता चामलको खोज छ
नेताको झुप्रो (?) मा
रोजाना भोज छ,
सहमतिको बैठक !
रिसोर्ट र तारेहरूमा मोज छ
के देख्नुपर्छ अहिले
सत्ता र वार्ताको गाइजात्रा रोज छ ।

अहिलेको समय

  • by

अन्तिम लागेको छ मलाई
स्पर्शहरू, न्यानाहरू, प्रेमहरू
अन्तिम मोडहरूबाट
हात हल्लाए सरी
विलीन हुदैछन आफनो गन्तव्यमा
भोलि फर्किदैनन् कि भनी
एउटा अन्तिम आशँका
घर वनेको छ
अचेल !

बेल्जियममा त्रैमासिक काव्ययात्राको शुरुवात !

  • by

साहित्यिक वेवसाइट “प्रतिनिधि बेल्जियम डट कम”को आयोजनामा बेल्जियममा त्रैमासिक काव्ययात्राको थालनी यही डिसेम्वर १२ का दिन स्थानीय लुभेनबाट प्रारम्भ गरियो ।