Skip to content

दीपेन्द्र के.सी.

अनेसास बेल्जियमको पदभार हस्तान्तरण र कविता गोष्ठी

गत अक्टोबरमा लुभेनमा सम्पन्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको अधिवेशनमा गठित नयाँ कार्यसमितिको पदभार हस्तान्तरण र बझबुझारथ एक कार्यक्रमवीच गत २४ डिसेम्वरमा एन्तोर्पेनमा भयो ।

20170716_DeependraKC_News

संरक्षण कविता आन्दोलनको चौथो कार्यक्रम सम्पन्न

संरक्षण कविता आन्दोलन यूरोपको चौथो कार्यक्रम ९ जुलाईका दिन स्थानीय लुभेनमा सम्पन्न भयो । नेपालमा सरुभक्तको अगुवाईमा वि.स. २०५३ देखि शुरु भएको यो ग्रामीण र प्राकृतिक विम्बमा साक्षात्कार सहित स्थलगत रचना र वाचनको नवीन प्रयोग अन्तर्राष्ट्रिय रुपमा गत वर्षदेखि बेल्जियमबाट पनि शुरुवात गरिएको छ ।

20170213_DeependraKC-News

संरक्षण कविता आन्दोलन यूरोपको तेश्रो कार्यक्रम सम्पन्न

“संरक्षण कविता आन्दोलन, यूरोप” को तेश्रो कार्यक्रम बेल्जियमको एन्तोर्पेनमा काव्य गोष्ठी र काव्य बहस सहित १२ फेब्रुअरी, २०१७ मा सम्पन्न भयो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि एनआरएनका केन्द्रीय सचिव अर्जुन श्रेष्ठले बेल्जियममा आन्दोलनको प्रभाववारे प्रकाश पारेका थिए भने आन्दोलनका संयोजक दीपेन्द्र के.सीले आन्दोलनबारे चर्चा गरेका थिए ।

बेवारिस मत !

देशको सीमा काटेपछि
स्वतः अनुपस्थित छु म
मतपत्रका स्वस्तिक छापहरूमा ।

मेरा विचारहरू
छिराओस् सिंहदरवार
तिम्रा घोषणाका टेपरिकर्डर
सुनाओस संसदमा
र, फेरियोस् एउट कथा,
कम्तीमा तुरुन्तै सम्भव छैन ।

संरक्षण कविता आन्दोलन अब अन्तर्राष्ट्रिय रुपमा

नेपाल नाट्य कला संगित प्रज्ञा प्रतिष्ठानका कुलपति एवँ बरिष्ठ साहित्यकार सरुभक्तको नेतृत्वमा २०५३ साल असोज १० गते शुरु गरी २०५५ असोज २५ गते मुस्ताङको मुक्तिनाथमा घोषणा गरेर नेपालका ग्रामीण भेगहरूमा गै प्रकृतिसंग साक्षात्कार गर्दै स्थलगत कविता लेखन, गोष्ठी र स्थानीयहरूलाइनै श्रवण गराउने, उत्प्रेरणा जगाउने, आफनो शैली निर्माण गर्न प्रेरित गर्ने उद्देश्यका साथ घोषित “संरक्षण कविता आन्दोलन”लाई अन्तर्राष्ट्रियकरण गर्ने सवालमा संरक्षण कविता आन्दोलन नेपालको मूल मर्म समायोजित हुने गरी यूरोपस्तरमा काव्यिक आन्दोलन कार्यक्रम संचालन गर्नेगरी अनेसास बेल्जियमका निवर्तमान अध्यक्ष कवि दीपेन्द्र के.सी.को संयोजकत्वमा “संरक्षण कविता आन्दोलन, यूरोप” को घोषणा गरिएको छ ।

देशभक्ति

दिन !
उस्तै हो यहाँपनि
जो, हार्नेहरूको हुदैन
म, चेपिएको छु इतिहासभित्र ।

सडकमा भेटिने
हराएका नागरिकहरूजस्तै
जसको देशभक्ति
अस्वीकार्य छ यहाँ,
म खोजिरहेछु देशभक्ति आफैभित्र

201601001_DeependraKC-Lekh

सकारात्मक र सार्थक विविधतामा “छरिएका सौरभ”

बेल्जियमलाई कर्मथलो बनाएर शृजनामा तल्लीन मुक्तककार सौरभ कारञ्जितको प्रथम सँग्रह “छरिएका सौरभ” गत २०१५ अगस्तमा प्रकाशित मुक्तक सँग्रह हो । नेपाल मुक्तक प्रतिष्ठानले प्रकाशित गरेर बेल्जियममा सोही अगस्तमा सम्पन्न प्रथम यूरोपस्तरीय साहित्य सम्मेलनमा सरुभक्त, प्रा. डा. खगेन्द्र प्रसाद लुइटेल, श्रीओम रोदन, जीवा लामिछाने, कृष्ण बजगाई, रमेश अधिकारी लगायत करीव दर्जन साहित्यकारहरूबाट १६ तारिखमा सँयुक्त रुपमा लोकार्पित सँग्रह ७४ पृष्ठमा विभक्त छ । १८१ अर्थपरक रसयुक्त मुक्तकहरूमा स्रष्टाले नैतिक जीवनका आदर्शोन्मुख यथार्थ स्वरहरू अभिव्यक्त गरेका छन यी शीर्षकहरूमा झुण्ड्याएर — जन्मदाता पृ १३—१६, प्रेम विछोड पृ १७—३८, देश(राजनीतिक सँकट) पृ ३९—४८, प्रवासतिर पृ ४९—५०, जीवन जगतका भोगाई पृ ५१—७४ ।

नाकाबन्दीको समर्थनमा

स्वार्थहरूले
शक्तिशाली आसन खोजेपछि
बन्दी भएका हुन स्वतन्त्रताहरू !!
नुुहेर यति धेरै
झुुकेर यति धेरै
पाउ पर्नुुको परिणाम —
उठ्न सकेको छैन देश !
कति सफेद चित्र ।

बलात्कार

जब तिमी !
यो राज्यले तोकेको
सबैभन्दा सुरक्षित शहरको
अति सुरक्षित गल्लीमा निस्कन्छ्यौ
तिमीलाई चियाउँछन आँखाहरू
र्याम्पकी अर्धनग्न मोडल
क्याटवाककी नवयौवना
वा कुनै छाडा चलचित्रकी उत्ताउली नायिकाको विम्बमा ।

नयाँ बिहानी

सहस्र युग बोकेर काँधमा
यहाँ अधीर प्रतीक्षा छ
मैले खोजेको नयाँ विहानीको ।

एउटा उपक्रम !
आजभन्दा ८५ वर्ष पहिले पनि
तगडा दृष्टिमा एकजोडा आँखाहरू
र आज पनि पावरदार चस्माभित्रबाट चिहाउने दृष्टिमा
खोजेको थियो त्यही बिहानी !

20150122_DeependraKC-News

बेल्जियममा भानुभक्त स्वर्णपदकले स्रष्टाहरू अलंकृत

नेपाल सरकार सँस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत भानुभक्त आचार्य व्दिशतवार्षिकी समारोह समितिव्दारा बेल्जियममा रही नेपाली भाषा साहित्यको श्रीवृद्धि र २०० औं भानु जयन्ती विशेष रुपमा सम्पन्न गर्न खेलेको भूमिका स्वरुप प्रदान गरिएको “भानुभक्त स्वर्ण पदक“ र प्रशस्ति पत्र आज २२ जनवरी २०१५का दिन बेल्जियमस्थित नेपाली महामहिम राजदूत राममणि पोखरेलले नेपाली राजदूतावासमा आयोजित सँक्षिप्त कार्यक्रममाका वीच सम्वन्धित स्रष्टाहरूलाई अलंकृत गर्नुभयो ।

कस्तो विहानी खोजिरहेछौं ?

बुद्धको आँगनबाट
शान्ति सिक्ने वेला
के सिकिरहेछ ? नयाँ पुस्ता !!
गुम्बाबाट सहनाई बजाएर
युद्धको घोषणा गर्दै
स्वागत गर्दछ भोलिलाई
लाग्छ ! शान्तिका पाठहरू
छापिदैनन् अब छापाखानाहरूमा
अन्धो भएको राजनीति
लाशहरू गनेर
मुचुल्का उठाउन तयार छ परिवर्तनको !!

केन्द्रीय सत्ता र गुनासो !

ए केन्द्रीय सत्ता !
तिमीसित नगरे गुनासो
कोसँग गरुँ म ?

सन्दूकमा थन्किएको प्रमाण पत्र
उद्धार टोली बन्न सकेन
व्याजमा डुवेको बुवाको जिन्दगी
पोहोर साल दशैंमा गएको सातो
फर्किएको छैन अँझै मेरो ।

मेरी नवोढा !

ओई मेरी नवोढा !
उतारिदेऊ लाज सबै
रात छिप्पिइसक्यो आज ।

अनजानमै सही
यात्रा शुरु गर्नुछ आज
मधुशालामा घन्किएको गीत
तिम्रा मेरा लागि हो
जीवनभर नभुल्ने रात

जन्म रात र पुनःर्मूल्याङ्कन

जोडिन नसकेका
सपनाका कडीहरू !
जो, मसँगै जन्मिएका थिए
र, देख्नुभएको थियो त्यहाँ हजुरले
भयानक पीडापछि
हाँसेको एउटा सँसार ।

रातहरू हराइरहे रातहरूमै
दिनहरू हराइरहे दिनहरूमै
नखोजी आफूलाई कहिल्यै
हेरिरहनु भयो मेरो उज्यालोलाइ,

बेल्जियमका पाँच नेपालीलाई भानुभक्त स्वर्णपदक

नेपाल सरकारले भानुभक्त द्विशतवार्षिकी कार्यकारी समितिको सिफारिसमा बेल्जियममा रहेर भानुभक्त द्विशतवार्षिकीको उचाई प्राप्तिका लागि समर्पित भएर कार्य गर्ने पाँच जना महानुभावलाई “भानुभक्त स्वर्ण पदक” प्रदान गरेको छ ।

भानुभक्त द्विशतवार्षिकी कार्यकारी समितिका सल्लाहकार नरेन्द्रराज प्रसाईका अानुसार ‘भानुभक्त स्वर्ण पदक’बाट अलङ्कृत हुनेहरूमा सर्वश्री विमल गिरी, दीपेन्द्र के.सी., राजकुमार पुडासैनी, दीपकज्योति पौडेल र मोहन खत्री हुनुहुन्छ ।

गलत पूर्वानुमानहरू !

जब !
शहीदको चिहानबाट
नेताको महलको जग खनिन्छ
तव !
मलाई लाग्दैन थियो कि,
त्यो घरले झुण्डयाउने छ
नयाँ नेपालको साइनवोर्ड
र, त्यहाँ चल्नेछ –
गहन विषयमा छलफल हुने
कहिल्यै कोरम नपुगेको सँसद ।

अँध्यारो प्रभात

जब !
प्रशासनको हरेक टेवलबाट
अपमानित भएर फर्कनु पर्छ तिमीले,
जब !
तिम्रो पसीनाको ज्याला
शीर निहुराई कुनै भिखारी झैं थाप्नुपर्छ तिमीले,
र, भर्खरै स्वतन्त्रताको मृत्यु भएजस्तो
तर स्वतन्त्रता र समानताका मुर्दा साइनवोर्डहरू साक्षी वसेको
कहावतको स्वतन्त्र शहरको मध्ये सडकमा
शँकाका काँडाहरूले घोचिनुपर्छ तिमीले ।

घोषणापत्र

सिउरिन भन्दिन एक थुँगा तिमीलाई
बरु फूलसँग राखिदिन्छु तिमीलाई
अनि बल्ल मुस्कुराउँछन गुराँसहरू
र, उत्सव चल्छ यो प्रेमलोकमा !

जब यो शीतल हावामा
“जीवन”को सुगन्ध मिसिएर आउँछ
पहराहरू रसाउन थाल्छन्
हरियो थप्छ दुवोले,
मात्तिएर जोडी ढुकुरहरू
छाडा हुन थाल्छन
हाँगा, कौशी र छानाहरूमा,