दीपेन्द्र के.सी.
संरक्षण कविता आन्दोलन यूरोपको तेश्रो कार्यक्रम सम्पन्न
“संरक्षण कविता आन्दोलन, यूरोप” को तेश्रो कार्यक्रम बेल्जियमको एन्तोर्पेनमा काव्य गोष्ठी र काव्य बहस सहित १२ फेब्रुअरी, २०१७ मा सम्पन्न भयो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि एनआरएनका केन्द्रीय सचिव अर्जुन श्रेष्ठले बेल्जियममा आन्दोलनको प्रभाववारे प्रकाश पारेका थिए भने आन्दोलनका संयोजक दीपेन्द्र के.सीले आन्दोलनबारे चर्चा गरेका थिए ।

संरक्षण कविता आन्दोलन अब अन्तर्राष्ट्रिय रुपमा
नेपाल नाट्य कला संगित प्रज्ञा प्रतिष्ठानका कुलपति एवँ बरिष्ठ साहित्यकार सरुभक्तको नेतृत्वमा २०५३ साल असोज १० गते शुरु गरी २०५५ असोज २५ गते मुस्ताङको मुक्तिनाथमा घोषणा गरेर नेपालका ग्रामीण भेगहरूमा गै प्रकृतिसंग साक्षात्कार गर्दै स्थलगत कविता लेखन, गोष्ठी र स्थानीयहरूलाइनै श्रवण गराउने, उत्प्रेरणा जगाउने, आफनो शैली निर्माण गर्न प्रेरित गर्ने उद्देश्यका साथ घोषित “संरक्षण कविता आन्दोलन”लाई अन्तर्राष्ट्रियकरण गर्ने सवालमा संरक्षण कविता आन्दोलन नेपालको मूल मर्म समायोजित हुने गरी यूरोपस्तरमा काव्यिक आन्दोलन कार्यक्रम संचालन गर्नेगरी अनेसास बेल्जियमका निवर्तमान अध्यक्ष कवि दीपेन्द्र के.सी.को संयोजकत्वमा “संरक्षण कविता आन्दोलन, यूरोप” को घोषणा गरिएको छ ।
सकारात्मक र सार्थक विविधतामा “छरिएका सौरभ”
बेल्जियमलाई कर्मथलो बनाएर शृजनामा तल्लीन मुक्तककार सौरभ कारञ्जितको प्रथम सँग्रह “छरिएका सौरभ” गत २०१५ अगस्तमा प्रकाशित मुक्तक सँग्रह हो । नेपाल मुक्तक प्रतिष्ठानले प्रकाशित गरेर बेल्जियममा सोही अगस्तमा सम्पन्न प्रथम यूरोपस्तरीय साहित्य सम्मेलनमा सरुभक्त, प्रा. डा. खगेन्द्र प्रसाद लुइटेल, श्रीओम रोदन, जीवा लामिछाने, कृष्ण बजगाई, रमेश अधिकारी लगायत करीव दर्जन साहित्यकारहरूबाट १६ तारिखमा सँयुक्त रुपमा लोकार्पित सँग्रह ७४ पृष्ठमा विभक्त छ । १८१ अर्थपरक रसयुक्त मुक्तकहरूमा स्रष्टाले नैतिक जीवनका आदर्शोन्मुख यथार्थ स्वरहरू अभिव्यक्त गरेका छन यी शीर्षकहरूमा झुण्ड्याएर — जन्मदाता पृ १३—१६, प्रेम विछोड पृ १७—३८, देश(राजनीतिक सँकट) पृ ३९—४८, प्रवासतिर पृ ४९—५०, जीवन जगतका भोगाई पृ ५१—७४ ।
बेल्जियममा भानुभक्त स्वर्णपदकले स्रष्टाहरू अलंकृत
नेपाल सरकार सँस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत भानुभक्त आचार्य व्दिशतवार्षिकी समारोह समितिव्दारा बेल्जियममा रही नेपाली भाषा साहित्यको श्रीवृद्धि र २०० औं भानु जयन्ती विशेष रुपमा सम्पन्न गर्न खेलेको भूमिका स्वरुप प्रदान गरिएको “भानुभक्त स्वर्ण पदक“ र प्रशस्ति पत्र आज २२ जनवरी २०१५का दिन बेल्जियमस्थित नेपाली महामहिम राजदूत राममणि पोखरेलले नेपाली राजदूतावासमा आयोजित सँक्षिप्त कार्यक्रममाका वीच सम्वन्धित स्रष्टाहरूलाई अलंकृत गर्नुभयो ।

बेल्जियमका पाँच नेपालीलाई भानुभक्त स्वर्णपदक
नेपाल सरकारले भानुभक्त द्विशतवार्षिकी कार्यकारी समितिको सिफारिसमा बेल्जियममा रहेर भानुभक्त द्विशतवार्षिकीको उचाई प्राप्तिका लागि समर्पित भएर कार्य गर्ने पाँच जना महानुभावलाई “भानुभक्त स्वर्ण पदक” प्रदान गरेको छ ।
भानुभक्त द्विशतवार्षिकी कार्यकारी समितिका सल्लाहकार नरेन्द्रराज प्रसाईका अानुसार ‘भानुभक्त स्वर्ण पदक’बाट अलङ्कृत हुनेहरूमा सर्वश्री विमल गिरी, दीपेन्द्र के.सी., राजकुमार पुडासैनी, दीपकज्योति पौडेल र मोहन खत्री हुनुहुन्छ ।
अँध्यारो प्रभात
जब !
प्रशासनको हरेक टेवलबाट
अपमानित भएर फर्कनु पर्छ तिमीले,
जब !
तिम्रो पसीनाको ज्याला
शीर निहुराई कुनै भिखारी झैं थाप्नुपर्छ तिमीले,
र, भर्खरै स्वतन्त्रताको मृत्यु भएजस्तो
तर स्वतन्त्रता र समानताका मुर्दा साइनवोर्डहरू साक्षी वसेको
कहावतको स्वतन्त्र शहरको मध्ये सडकमा
शँकाका काँडाहरूले घोचिनुपर्छ तिमीले ।

