Skip to content

दीपेन्द्र के.सी.

त्यो वर्ष

पुराना सपनाहरू
स्थगित गरेर सबै
ढल्नुछ यो अन्तिम रात !
क्यालेण्डरले बसाई सार्ने वेला ।

सधै नयाँ भै वगिरहने
हिमाली खोलाको पानीमा
विसर्जित चैत्र मसान्त
चुँडिएका फूलका थुँगासँगै
बगेका हुन वासी सपनाहरू
नफर्कने खोलाहरूझैं ।

अमूर्त मन

कुनै अमूर्त चित्रकारको
गम्भीर चित्रकला
हातमा राखेर,
र त्यस्तै मनहरू
आफ्ना सन्ततिका !
छातीमा राखेर
साह्रै जटील लाग्न थालेका छन
आमालाई !
बुझनै नसकिने रहस्यहरू
अचेल !

भ्यालेण्टाइन डे

क्यालेण्डरमा दोहोरीनेछन्
ती दिनहरू,
फूलवारीमा फेरि
फक्रनेछन् ती फूलहरू !

तर,
फेरि जन्मनेछैन
मेरो “भ्यालेण्टाइन डे”
र, फक्रने छैन
मेरो सबैभन्दा “प्रिय गुलाफ”

अनेसास बेल्जियम च्याप्टरको अध्यक्षमा के सी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरको अध्यक्षमा दीपेन्द्र के सी आगामी दुई वर्षका लागि छनोट भएका छन । १० फेव्रुअरीका दिन स्थानीय लुभेनमा सम्पन्न समाजको तेश्रो अधिवेशनले सर्वसम्मत रुपमा ११ सदस्यीय कार्यसमितिको निर्माण गरेको छ ।

प्रस्थान कक्षबाट

के सोच्छन् होला ?
आमाको फेर समातेर
प्रस्थान कक्षको छेउ उभिएका
अवोध बालकहरू,
रसिला आँखाहरू हेर्दै गरेका
आमाहरू,
बिहेको हप्तैदिन नवित्दै
रातै साडीमा
बिदाइको लाइन उभिएका
नवदुलहीहरू ।

श्रष्टा केसीद्वारा रचित ‘नर्थ सी को किनाराबाट’ कविता संग्रहको विमोचन

बागलुङ मुलपानीका स्रष्टा दिपेन्द्र केसीद्वारा रचित कविता संग्रह ‘नर्थ सीको किनाराबाट’ आज बागलुङमा विमोचन गरिएको छ । नयाँ साँस्कृतिक आन्दोलन बागलुङद्वारा आयोजित विमोचन समारोहमा साहित्यकार काजी रोशनले कविता संग्रहको विमोचन गरेका हुन् ।

उदास समयहरुलाई

किन ? प्रतीक्षा !
उदास समयहरूलाई !

पोलिरह्यो चिसो रातले
आशा बोकेर झर्दैनन् ताराहरू
मनमा विझाइरह्यो त्यो साइत
आफनै दृष्यमाथि अविश्वासी आँखाहरू,
झरनाको ढुँगाजस्तै
पखालिएको छ कि ? थिलथिलिएको ?

आस्था र परिभाषा दशैंको

अब !
फेरिदिन मन लाग्छ
आस्था र परिभाषा दशैंको ।

जब !
तिम्रो मुहार हेर्छु
के चम्किन्छ र ? दशैं त्यहाँ
शुभकामनाहरूका प्रकाशले ।
बर्षा याममा पानीले चुटिएको पहाडझैं
हरक्षण पखालिएर बगेका छन् अपूरा खुशीहरू

नयाँ राष्ट्रियताको शहरमा

किन हो ? हरेक दिन–
फेरिएको राष्ट्रियतासँगै
एकफेरा जन्मन्छु
र, एकफेरा मर्छु म !
नयाँ परिचयमा जारी जन्म र मृत्यु
आधा बाँचेर मरेको छु
र, आधा मरेर बाँचेको छु ।

आत्मा बरालिएको छ अन्त कतै
म छु यहाँ नयाँ सीमानाभित्र ।

स्तव्ध छु म

  • by

स्तव्ध छु म
तिमी नआउने खवरले ।

बर्षौबर्ष प्रतीक्षाले ठडिएका
पहाडहरूमाथि उक्लिएर हेर्दैथिएँ
तिम्रा बाटाहरू ;
वाचा पूरा गर्ने
रहरका उपहारहरू लिएर आउँछौ भन्ने थियो

चुनाव र चटक

  • by

खोलाहरू उल्टा बगेर
हिमालको जरामा थिग्रदैछन
झरेका पातहरू फेरि
हाँगा खोज्दै हिंडेका छन्
तर मध्यदिन, चमकन्न सूर्य
बस्ती अँध्यारोको अँध्यारै छ
अँध्यारै पर्दा हालेर
अँध्यारैमा आज–
फेरि एउटा चटक शुरु होला जस्तो छ ।

हाँसोसँग गाँसिएको साइनो

  • by

रिसाउँछयौ भने तिमी
छोडिदिनेछु लुक्न तिम्रो छाँयामा
उपस्थिति बिझाउँछ भने कतै
मोडिदिनेछु अन्त कतै यात्रामा
यी सबैको मतलव एउटै हुनेछ
केवल देख्न चाहनु, हाँसेको तिमीलाई
किनकि
तिम्रो हाँसोसँग मेरो साइनो गाँसिएको छ ।

विपना जन्माउने सपना

  • by

तार्न नसकेका सपनाहरू सबै
छोडेर खोलापारि
उतार्छु आफूलाई बगरमा
अनि हेर्छु ओसिलो पल्लो किनार –
एकझोला सपनाहरू
पोखिएका रहरहरू
र, झरेका रक्तिम लालीगुराँसहरू
अन्तिम हाँसो हाँस्छन मसँग ;
बग्नुछ उनीहरूलाई
केहीक्षण पछि आउने भीषण बाढीसँगै
र, गर्नुछ समापन–धमिलो यात्राको ।

तिमीप्रति

  • by

माफ गर मलाई !
सुवासना र सौन्दर्य एकैचोटी छर्दै
जीन्दगीको पत्र–पत्र गाफिएर तिमीमा
सँधै मुस्काइरहेको एक थुँगा मुहार
तिम्रो सौन्दर्य र गुणको
बाराम्वार वयान र चर्चा गर्न चाहदिन म !
जो मनभित्रै टाँसिएको छ स्वर्णपत्रमा
अनुभूतिका अक्षरहरूले कुँदेर ।

अभिषप्त जीवन

  • by

१.
कुनै युग !
बोकेर महादेवको श्रपित जीवन
थाकिनन् गोमा ब्रम्हाणी
पार लगाइन जीवनलाई जसोतसो
सुखद अन्त्यको घाटमा
शास्त्र भन्छ.–
सत्ययुग थियो त्यो ।

शुभकामना (२०१३)!

  • by

केही पछाडिएको दीर्घामा बसेर
धेरै आत्मीय, आदरणीयजनहरूको
शुभकामना, सदभावना, हार्दिकता
बोकिसकेपछि,

बिजुलीका तरँगहरूबाट
फोन, इमेल र फेसबुकहरूमा
तपाईहरूका मधुर आकांक्षाहरूबाट
नयाँ बर्ष शुरु गरिसकेपछि,

क्रिसमस

  • by

क्रिसमस !
सिण्टरक्लासले तिम्रो सन्देश वोकेर
परिक्रमा नगरी सक्दै यो नगरीको
झिलीमिली र बैभव;
सम्पन्नताको प्रतिवेदन चढाइसकेको हुनुपर्दछ
अनि आइपुग्छौ तिमी
२५ डिसेम्वरलाई अनुगमन गर्दै
दर्शन दिन ।

मेरो अनुपस्थिति, दशैंमा

हो !
यसपाली पनि
म आउन पाउँदिन
दशैंमा ।

यसै सिजनमा
भिक्टोरिया क्रस खोज्नुछ
अफगानिस्तान वा इराकतिर
परमवीरचक्र खोज्नुछ
कारगिल, जम्मू वा यतै कतैतिर ।