फाँटभरि सुलीहरू छरेर
फैलिएको गन्ध,
असीमित कुखुराका;
सुँघेर ह्वाँस्स
अनौठो मादमा,
उर्लिएका हुँइयाहरू
झर्दैछन शहरमा ।

परिवर्तनका झण्डाहरूले छोपिदै
छिर्छन चोक, गल्लीहरूमा
घोकाइएका नाराहरू उराल्दै
उफ्रिन्छन्, बजारिन्छन्, थचारिन्छन
लगाउदै गोलचक्कर
तिनै गल्लीहरूमा ।

लडाउदै शालिकहरू
कोपर्दै अक्षरहरू
घोच्दै इतिहासका आत्माहरू
वजार्दै लाठीहरू
पडकाउदै वारुदहरू
विजयोत्सव मनाउछन्
अरुले छोडिदिएको खाली मैदानमा ।

काला रँग पोतेर
सम्झौताका पानाहरूमा
एकपटक पनि
एकपटक पनि
नखोजी आफनो हस्ताक्षर
तिनै पानाहरूमा
घनघोर भाषणका शब्दहरूले
भ्रमको विजयोत्सव मनाउदैछन
अरुले छोडिदिएको त्यही खाली मैदानमा ।

वागलुड. हाल, लुभेन, बेल्जियम

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *