Skip to content

मेरो जन्मदिन

  • by



आज, आफनो
जन्मदिन मनाउदैछु
अहिलेका औपचारिकता–
मैन, केक इत्यादि
अनि
एक दुई आफन्तहरू
जम्मा पारेर ।

उत्सवमा सहभागी छन
मेरा स्वपीडित दिनहरू
आत्मरतिका प्रतिनिधिहरू
जम्मा भएका छन
केही गुनासाहरू
सबै; उभिएका छन
उज्यालो मैनमा
धमिलो मुहार लिएर !

म;
कृतिम मुस्कान मुस्काउँछु
उत्सवमा रौनकता दिन
गुलियो केक मुखमा हालेर
खै कस्तो स्वाद पाउँछु ?
आफै अनुत्तरित !
वर्षमा एकक्षण मिठो निलेर
तीतोको थुप्रोमा उभिन्छु
निभ्दै जान्छन छोटा मैनहरू क्रमशः
सकिन्छ उत्सव
फेरि अँध्यारो
अगाडीको नियति जस्तो ।

तर
बलिरहन्छन
मेरा मनका अनगिन्ती मैनहरू
जीन्दगीका उज्यालाहरू खोजेर
जन्मदिनको
अँध्यारो समापन पछि
हावाहुरीसँगै उभिएर
अर्को “जन्म”दिनको प्रतीक्षामा ।

दीपेन्द्र “अपजसी”
बागलुङ, हाल ओस्टेण्डे बेल्जियम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *