Skip to content

अनुप जोशी

मेरो ईश्वरको लीला अपरम्पार

काइते, तारा टिप्दा विचारकहरू उद्घोष गर्छन्
म नाथे हरूवा ! जोगीसँग भिक्षा माग्दैछु ।
साधुवान हुनुको लालची दर्शाउँदैछु ।
टुप्लुक्क बगैँचाको माझमा ठोसिएको उन्यूँ हुनुले
मेरा कारण शोभा ओरालो लाग्दैछ अरे यिनीहरूको ।

सम्बोधन:प्यारा दुखहरू

ए ! मेरा प्यारा दुख:हरू,
म उन्मुक्ति रुचाउन थालेको छु अचेल ।
काल भैरवहरूसँगको सम्बन्धमा ह्रास आउँदैछ ।
द्रव्य पिचासहरूलाई झलुङ्गोमा झुलाएर सुताइदिएँ ।

प्रमिथस

प्रकोपको भुमरीमा रुमलिएको मेरो जीवन ब्यथित ग्रन्थ,
जब हूरीको प्रचण्ड वहावसँगै खुल्न पुग्दछ
तब आँसु र रगतले लिपिएका ती एकएक पन्नाहरूसँगै
स्वयंम मेरो पाषाणरुपेण कोमल मुटुमा काँडा बिझ्दछ ।
अनि सँधैजसो,
फेरि दुईचार आँसुका ढिक्काहरूले मुल्य चुकाउन खोज्दछन्
तर, अनौठो यो परिवेशमा आँसुको कुनै औचित्य छैन ।

सिध्याइदिन्छु

नवीन पालुवाहरू
निमोठिदिए हुन्छ ।
समुद्री छालहरू
निर्बल/अचल बनाइदिए हुन्छ ।
यो संसार स्वार्थी बन्दैछ –
सिध्याइदिन्छु म संसारलाई !
लाभा बनेर फुट्छु
असिना बनेर बज्रन्छु
बतास बनेर निस्कृय पार्छु
बिनासको बाढी ओकेल्छु ।
मानवताको जरै उखेलिदिन्छु ।
सिध्याइदिन्छु म संसारलाई !
सिध्याइदिन्छु !

म रगत पिऊँछु

जब चिता बलेर खरानी बन्नेछ
तब मात्र तिमी जाग्नेछौ
श्रद्धान्जली ब्यक्त गर्न आतुर !

निरंकुशले हाम्रो रगत चुस्दाः
मेरो नसा उल्टियो ,
म वादसँग जिस्किएँ
म माओ बनेँ
लेनीन बनेँ ।

निस्सारता

मैले
देख्न छाडेँ
कहाँ छ साँचो प्रेम ?
स्वार्थी तिम्रो संसार
म ह त्व कां क्षी

तिमी केलाई रात भन्छौ ?
जून उदाएको त्यो क्षण ?
ताराको प्रस्थान ?
घाम डुब्दा ?
भ्रा


सत्य ।

म, एक दासी

सुखको खोजीमा ,
म चारैतिर भौतारिएँ ।
असीमित चाहनाहरू लिएर
अनि ,
आफ्नो जीवनलाई बिर्सिंदा
म सपनाको दासी बनेँ ।

जूनेली रातमा ,
सुर्यको खोजमा ,
म घण्टौँ तल्लीन रहेँ ।
अनि ,
जूनको प्रकाशलाई बिर्सिदा
म अँध्यारोको दासी बनेँ ।