नवीन पालुवाहरू
निमोठिदिए हुन्छ ।
समुद्री छालहरू
निर्बल/अचल बनाइदिए हुन्छ ।
यो संसार स्वार्थी बन्दैछ –
सिध्याइदिन्छु म संसारलाई !
लाभा बनेर फुट्छु
असिना बनेर बज्रन्छु
बतास बनेर निस्कृय पार्छु
बिनासको बाढी ओकेल्छु ।
मानवताको जरै उखेलिदिन्छु ।
सिध्याइदिन्छु म संसारलाई !
सिध्याइदिन्छु !
साँझमा उघारिएका मधुलहरहरू
यहाँ आशाहरूमा विष समिश्रण निराकार छ
फेरि विचार धमिल्याएर ,
जैविक मृत्यु साकार पार्ने अम्ल तयार पारिन्छ
फाँटमा अन्नको सट्टा तृष्णा खेती गरिन्छ
डुकु विसर्जन गरेर क्वाप्प अफिम चबाउँछन् शहरका नरपतिहरू
लेक-लेकमा महादेव तान्डब नृत्य देखाएर फ्यानगीन्ति उकास्छ।
अस्मिता- उद्योगमा उत्पादन गरिन्छ ।
अब सङ्ग्लो पानीमा धमिला माछाहरू रजाँई गर्न पाउनेछैनन् ।
विचारको “कू” अन्त्य गर्छु ।
सिध्याइदिन्छु गतिशील सांसारिक दैत्यता
सिध्याइदिन्छु यो रौनक!
म ————- तिमी ———– हामी
अमुर्त ——— कूजीवीत ——– आकृति
गगनपुत् ——– नरपुत्र ——— समीर
उल्का ——- नूनिलो समुद्र ——- उफान
गर्जिएको —— उफ्रिएका ——– रक्तिम
शिथिल ——- आक्रोशित ——— शान्त
जित्यौ तिमीले !
तर मैले हारेको छैन ।
म युद्धरत अराजक !
बिस्पोट हुँदैछु. . . . . .
सिध्याइदिन्छु !
फूल कोमल होला ,
म काँडालाई नियाल्दैछु ।
कारागारमा थुनिएका जर्साब/मौसुफहरूको आत्मकथा फैलिरहेछ ।
सोचेजस्तो कमजोर/निर्रथक छैनन् कुविचारहरू ।
बत्तीमा होमिईसकेपछि डामिने डर लाग्दैछ ।
तर म गगनपुत्र,
सिध्याइदिन्छु काँडे पर्यायवरण ।
गरीबीको दोसाँधमा जन्मिएको कान्छो छोरो ,
पिडैपिडामा उकुसमुकुस-दोधारे
क्रान्तिको कुरा गर्दैछ/छु ।
चिच्याएर भङ्गालोमा दबिएको छ/ छु ।
बालुवा चालेका/गिट्टी फोडेका ठ्याउले भुजाहरू –
आज दैनिकी छिचोल्दै प्रगतिवादी दार्शनिक विचारक बनेका छन्
यहि हो उन्मुक्तिको पहल !
वैचारिक क्रान्ति !
राजनैतिक/ आर्थिक- समस्त क्रान्ति !
सिध्याइदिन्छु ।
