Skip to content


जब चिता बलेर खरानी बन्नेछ
तब मात्र तिमी जाग्नेछौ
श्रद्धान्जली ब्यक्त गर्न आतुर !

निरंकुशले हाम्रो रगत चुस्दाः
मेरो नसा उल्टियो ,
म वादसँग जिस्किएँ
म माओ बनेँ
लेनीन बनेँ ।

कुरुप, औँसीजस्तो कालो अनागरिक म !
तिमी स्खलित भयौ ।
म झन् जोशीलो !
रक्तिम रातो खुकुरी खेलाएँ
निरंकुशको घाँटि काट्ने प्यास !
रगत पिऊन थालेँ ।

तिमी मुर्ती पुजारी
ढुङ्गा ढोग्छौ ।
पुकार्छौ तिम्रो ढुङ्गे देवता
वा कागजको चित्र ।
न्यायको भिख माग्दै ।
हे न्याय पुजारी ,
कहाँ पायौ तिम्ले न्याय ?

म क्रान्तिको विगुल फुक्छु
मेरो देवता खुकुरी हो ।
मेरो इश्वर बन्दुग हो ।
मेरो धर्म – युद्ध
म क्षेत्रीय !

निरंकुशले हाम्रो रगत पिउँदा
तिमी रमाऊ लोकको चिता जलाउँदै
म जातीय युद्ध गर्छु
रगत पिउँछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *