Skip to content

आर के पन्त

कसरी मर्थ्यो उ

कामहरु जोखेर गर्थ्यो उ
र उँचो दर्जामा पर्थ्यो उ !!

खुसिका पुलिंदा बाँडिन्थे
दुख चैं आफैमा भर्थ्यो उ !!

साथीको घाउ सुकाउन
जहल्यै अघाडी सर्थ्यो उ !!

गाँठो फुकाल्न खप्पिस थियो
न उफ्रिन्थ्यो न त झर्थ्यो उ !!

दैवले मार्न खोजेकै हो
त्यत्तिकै कसरी मर्थ्यो उ !!

आफन्त

बस आउ यस्तै छ आफ्नो त घर पनि
बर्सात छ, बादलको हुँदैन भर पनि
ओछ्यानमै टप्किञ्छ्न पानिका थोपाहरु
ल्याउनै सकिन यसपाली जंगलको खर पनि
आफन्त भनेरै हो है बस आउ भनेको मैले
खोइ कुन्नि दुख्यो कि मन लाग्दैछ डर पनि

कविता

थाहा छ ?
म किन कविता कोर्दैछु
गहन उल्झनमा दहन हुन्छु
आकास को जून झार्छु
प्रीतका भाका गुन गुनाउछु
साहित्य को सृजना गर्छु
आफ्नै बोल को भेल बगाउ छु
हास्छु रुन्छु अनि टोल्लियी रहन्छु
अरु कसैलाई
यसको कुनै अर्थ हुदैन
हुनु पर्छ भन्ने पनि लाग्दैन
सबैलाई बुझाउन
पनि त सकिदैन
यस्तै यस्तै गरि
कोरी रहन्छु कविता
यस्तै यस्तै सोची
उनि रहन्छु कविता

किन चाहियो

मलाइ तिम्ले दिनै न सक्ने संबिधान किन चाहियो
मलाइ क्रिस्पी र पिज्जा जस्तो खानपान किन चाहियो
मैले त घाँस बोकी आमालाई खुसि पारे पुग्छ
कामै न गरि सिउरिने त्यस्तो सम्मान किन चाहियो

घर

घर ,
अतृप्त आत्माहरुको बास पनि
कुण्ठित मनको निवास पनि
प्रेमालाप को मन्दिर होला
झैँ झगडा को त्रास पनि
जिन्दगि को आस हो कि
आफन्त को आभास पनि

भोलि भेटौंला

त्यो चौतारी,
याद आउछ कहिले काही
जहा
उछ्रिङ्खल मन का भावहरु
निस्वार्थ अर्पण गरेको
कथित बेदनाका सब्दहरु
मुटु दुख्ने गरि सुनेको
सचेत हृदय को आकीर्ति भित्र
लट्ट परि विश्राम गरेको
अनि भन्दै गरेको ,
ल है छुट्टीऔं,भोलि भेटौंला

Raake-julus-ktm-1

राँके जुलुस

पर्ख,
म आउँदै छु
म विलीन भएको दृश्य बोकी
ती हल्लाहरू र बितिश्णाहरू,
तिम्रा घात प्रतिघातहरू बोकी
मनमा ड्याङ्ग्रो ठोक्किन्छ
ती मैला फोहोरी दिनहरूले
स्वास मुट्ठिएर जान्छ

मन

सुदूर क्षितिज सम्म
जलाशयको बाटो
केहि उपाय गरि
किस्ती त बचाउला
तर
यो गह्रुङ्गो मन
गाह्रो भयो
यतै डुब्छ होला