Skip to content

अभाव र खाँचो


फालाफाल छन्
उडेका छन्
अंधाधुन्द छन्
यहाँ सम्भावनाहरु
हामीले ती मध्ये
जति समात्न सक्यौं
जति भजाउन सक्यौं
त्यो मीटरले
नापिने छ
हाम्रो योग्यता
हाम्रो कौशलता
र हाम्रो
जीवनको यथार्थता
तर
कतिपय जीवन
पुग्नै पाउन्नन्
ती फालाफाल भनाउँदा
कथित सम्भावना सम्म
र यिनै सम्भावनाहरुको
अभाव र खाँचो
भई दिन्छ अभिशाप
निस्किन्छ दुष्परिणाम
अनि बाध्य हुन्छन् जिउन
सम्भावनाहरुको
अभाव र खाँचो संगै
चाहिने कुरोको
अभाव र खाँचो संगै !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *