Skip to content

केही हाइकुहरू (मुर्खका सामु)


१-
मुर्खका सामु
भगवान हुँदछ
सिपालु मान्छ

२-
रात बिछ्यौना
सपनाको तकिया
अनिदो सौता

३-
बाहिर बर्सात
हृदय छेडिंदैछ
पृयको याद

४-
अँध्यारो बित्यो
रातलाई मात् दिई
प्रकाश जित्यो

५-
आमाका बोल
ममता अनमोल
माप न तोल

Leave a Reply

Your email address will not be published. Required fields are marked *