Skip to content

सिजन लामा “सोईसाल”

कहिले दुःख हेरेर कहिले पिर

कहिले दुःख हेरेर कहिले पिर हेरेर
रुन्छु घरी घरी आफ्नै तक्दिर हेरेर

कहा छुट्छ यो साथ टुटछ कहाँ देखी
कहिल्यै नछुटने जिन्दगीको जंजीर हेरेर

SijanLamaSoisal

यो कस्तो भाग्य

यो कस्तो भाग्य लेखेर जन्मिए यही माटोमा
दुर्भाग्य मेरो कतिफेर जन्मिए यही माटोमा

संघर्षकै दोबटोहरूले छेकिरहेकाछन् पाइलाहरू
गंतव्यबिहीन भएर जन्मिए यही माटोमा

यति धेरै मन दुखेको

यति धेरै मन दुखेको थाहा कसलाई होला
ओठ तालु सब सुकेको थाहा कसलाई होला

दुनियालाई यति चाढै भन्न मात्रै सकिएन
तिम्रो मनमा म लुकेको थाहा कसलाई होला

मैले माया गर्दा तिम्रो मन छुन्छ छुन्न

मैले माया गर्दा तिम्रो मन छुन्छ छुन्न
आज सामू पर्दा तिम्रो मन छुन्छ छुन्न

थामी दिने हात दिए साथ पनि दिए
मेरो आँसु झार्दा तिम्रो मन छुन्छ छुन्न

एक्लै छोडी पराई देश नजाउ (सवाल जवाफ)

सवालः एक्लै छोडी पराई देश नजाउ ल कान्छा
चाँडै फर्कि आउने बाचा गरिदेउ ल कान्छा

जवाफः तिम्लाई छाडी पराई देश कतै भा छ नभन्नु है
बाचा भयो एक्लै टाढा कतै भा छ नभन्नु है

सिस्ने खोला उर्लिदाको, मज्जा पनि बेग्लै

  • by

सिस्ने खोला उर्लिदाको, मज्जा पनि बेग्लै
जोडी ढुकुर कुर्लिदाको, मज्जा पनि बेग्लै

जलकन्यामाईलाई भेटी, चढाएर आए
माया तिम्रो पर्किदाको, मज्जा पनि बेग्लै

छैंठौ दिनको कलमीले के के लेख्यौ भन भावी ।

  • by

छैंठौ दिनको कलमीले के के लेख्यौ भन भावी ।
त्रिकालकै सत्य तथ्य के के देख्यौ भन भावी ।।
अछेता र फुल पातीले सदा सदा पुज्ने छु म ।
ग्रह दसा सुभशान्ती के के भेट्यौ भन भावी ।।
नेपालका दाजु दिदि लड्छन मर्छन कहिले सम्म ।
ढुंगा मुढा चलिराछ , के के छेक्यौ भन भावी ।।
कोही भने फुटपाथमा कोही गगन महलमा ।
बन्द जाम हड्ताल भन्ने के के रेट्यौ भन भाबी
कालो बोको जोडी भाले भोग दिन्छु तिम्लाई ।
दुधको दुध पानीको पानी के के भेट्यौ भन भाबी ।।

पढ्ने बेला गोठाले र हली बसिएछ हजुर्

  • by

पढ्ने बेला गोठाले र हली बसिएछ हजुर्
काधमा हलो कुटो बोकी गली बसिएछ हजुर्

डोकोभरि दाउरा घाँस घर वन गर्दै
आफ्नो भाग्य आफ्नो कर्म छली बसिएछ हजुर्

ओईलिएर तिमी झर्यौ, टुट्यौ कहाँ-कहाँदेखि

ओईलिएर तिमी झर्यौ, टुट्यौ कहाँ-कहाँदेखि
एक्लिएँ म पर भएँ, छुट्यौ कहाँ-कहाँदेखि

रित्तो भयो सिउँदो पनि, फुटे चुरा पोते सबै
अब छैन मातमा लाली, लुट्यौ कहाँ-कहाँदेखि

यसपाली अस्ताएको, घामको मूल्य तोकिएन

  • by

यसपाली अस्ताएको, घामको मूल्य तोकिएन ।
गरिबीको पसिनाको, कामको मूल्य तोकिएन ।।

एक छाक एक धरो, पाउन कत्रो संर्घष छ ।
थाप्लोमाथि भरियाको, डामको मूल्य तोकिएन ।।