जब हरेक वर्ष तिहार आउँछ
मेरो त रित्तो निधार आउँछ
सबैका चेली केके ल्याउछन्
आफ्नो त रोटी न अचार आउँछ
भैलीनि भर्खर रमाउदै फर्कियो
संघारमा यमराज बारबार आउँछ
म लगाउँछु आफैले भाइटिका
के हुन्छ यस्तै विचार आउँछ
कति खेल्छौ जिन्दगी मेरो मात्रै
जिउनुको त न कुनै शार आउँछ
धन्यवाद
बदमास सीजन
सिन्धुली
18 oct 017
हाल परदेशी भूमिबाट
