कहिले दुःख हेरेर कहिले पिर हेरेर
रुन्छु घरी घरी आफ्नै तक्दिर हेरेर
कहा छुट्छ यो साथ टुटछ कहाँ देखी
कहिल्यै नछुटने जिन्दगीको जंजीर हेरेर
परदेशी भई उस्को याद मेटाउनु छ मैले
निदाऊछु उसकै यादको तस्वीर हेरेर
फलानोको छोरा पनि सैनिक भयो भन्ने
छोरी ऊ नै कहिल्यै दिन्न जागीर हेरेर
मर्या छु या बाँचेको छु तिमीलाई त के था
कठै बरा कोही भन्दैनन सरीर हेरेर
जब सबै बाई बाई गर्दै सहर छिरेदेखि
फर्किदैन कहिल्यै पाखा यो भिर हेरेर
धन्यबाद
