सवालः एक्लै छोडी पराई देश नजाउ ल कान्छा
चाँडै फर्कि आउने बाचा गरिदेउ ल कान्छा
जवाफः तिम्लाई छाडी पराई देश कतै भा छ नभन्नु है
बाचा भयो एक्लै टाढा कतै भा छ नभन्नु है
सवालः तिमी बिना एकपल पनि बाँचे शक्ति छैन
भनेकै थें मिठो पिठो बाँडी खाउँ ल कान्छा
जवाफः जीवन यो संघर्ष हो एक्लै भई बाँच्न सिक
एक्लै बसी एक्लै पिठो कतै खा छ नभन्नु है
सवालः गर्न सके सुन फल्ने हाम्रौ देश छँदै छनी
बिदेशीको दासी बन्न नधाउ ल कान्छा
जवाफः आतंकले जल्दै खाको देश भित्र बास छैन
टेक्ने ठाउँ लुटी हाले कतै यहाँ छ नभन्नु है
सवालः अश्रुधारा बगाउँदै बिदा गरी पठाउँदै छु
बेला बेला हाल खबर पठाउ ल कान्छा
जवाफः तिम्रै लागि बाँचेको छु तिम्रै लागि मर्छु पनि
पठाउने छु मिठो खबर कतै थाहा छ नभन्नु है
सवालः तिमी आउने दिन गन्दै बाटो हेरी बसी रन्छु
मायाँ साँची आफ्नै देश फर्कि आउ ल कान्छा
जवाफः दिन गन्दै दोबाटोमा अबेरसम्म पर्खि बस
सुटुक्क पो आउने छु म कतै आ छ नभन्नु है ।।
सवालः लक्की तारा, जवाफः सिजन लामा ।
