Skip to content

पढ्ने बेला गोठाले र हली बसिएछ हजुर्

  • by


पढ्ने बेला गोठाले र हली बसिएछ हजुर्
काधमा हलो कुटो बोकी गली बसिएछ हजुर्

डोकोभरि दाउरा घाँस घर वन गर्दै
आफ्नो भाग्य आफ्नो कर्म छली बसिएछ हजुर्

गरिबताले कहिलै अब साथ छाडेन खै
उही सडक उही गोठ चली बसिएछ हजुर्

जुठो चौको पानि गर्दै अबेरसम्म आधा रात
माली र साहुका खुट्टा माली बसिएछ हजुर्

कलो अक्षर भैसी सरी बराबर भएर हो
यो ठगियको कर्म बोकी ढली बसिएछ हजुर्

Leave a Reply

Your email address will not be published. Required fields are marked *