तारा प्रसाद चापागाई
लाहुरको धन टिप्न
साथीभाई सबै गए लाहुरको धन टिप्न
डुल्छु सधैं भिरपाखा आफ्नै रनवन टिप्न
चाँदी फूल्ने मेरो हिमाल अन्न फल्ने तराई छ
स्वदेशमै केही गर्छु आफन्तको मन टिप्न
महंगीले छोयो आकाश परिश्रमको मोल छैन
फूल राम्रो काँडा विचको गाह्रो हुन्छ झन टिप्न
आफ्नै मातृभूमी माथी बगाउँछु भेल पसीना
गर्छु सधै दुःख जिलो यही नेपाली पन टिप्न ।
भुलेर नी नछुनु है
मायाको नशा पिउदै मात्तीएको आँखा राम्रो
कोइली झै मिठो बोल्ने मायाको भाखा राम्रो
कोलाहल र अभावको व्यस्त शहर भन्दा
मेरी माया भेट हुने त्यहि वन पाखा राम्रो ।
मित्रता बिचमा टुट्ला घमण्डी नहुनु है
बर्सौ देखि लाको माया आँसुले नधुनु है
आफ्नो सधै चाम्रो लाग्छ पराई कै राम्रो
म त हजुर सानो जाती भुलेर नी नछुनु है ।

हजारौं गल्ती तिम्रा मायामा भुली दिन्छु
किन होला सपनीमा रगतको टाटो देखे
शान्त छ बस्ती