टीका खरेल सुवेदी

कसैलाई सास्ती कसैलाई मस्ती

यही कोरोनाले कतिलाई नोटै नोट झारेको छ
यही कोरोनाले कतिलाई अकालमै मारेको छ

जसले मेहनत गर्छ, उसैलाई गाल्नुसम्म गालेपछि !
अरूको आँशु खाने वर्गलाई सजिलो पारेको छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुबाको मुख हेर्ने दिन

कोरोनाको बन्दाबन्दीले अन्य वर्षको झै यसपाली मिठाई पसलमा मान्छेको भिड पटक्कै थिएन । फाट्टफुट्ट मात्र खोलेका मिठाई पसलमा सँधैको जस्तो खालखालका मिठाईहरूको चाङ् पनि थिएन । पसलेहरू समय कटाउन पनि मोबाइल मै ब्यस्त हुनुपर्ने बाध्यता थियो । बिहानै देखि मान्छेको चहलपहलले रङ्गिएको देखिने सडकमा कुनै रौनकता थिएन । सडक एकोहोरो रुपमा लगभग एक्लै सुस्ताइ रहेको थियो । सडकमा टाँसिएका घरहरूका धेरै जसो सटरहरू बन्द थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लघु कथा: प्लाज्मा

मेरो टोलमा एक तरकारी ब्यापारी कोरोना सङ्क्रमित भएपछि उनी बसेको घर शील भो । तेस्रो चरणमा कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि उनी डेरामा फर्के तर उनको घरबेटीले उनलाई घरबाट अपशब्द प्रयोग गर्दै गाली गरेर निकालिदिए । धेरै ठाउँमा उनलाई कोठा दिइएन कारण थियो उनका घरबेटी । आफ्नो टोलमा मात्र होइन अलि परकै टोलमा समेत समाजसेवीको नामले प्रख्यात घरबेटीरहेछन् । बल्लतल्ल कोठा मिल्यो एक ठाउँमा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

किशोरीको प्रेम

हरिया चियाका बोटहरूले तरेली परेका पहाडी कान्लाहरूलाई थुम्का थुम्कामा पऋणत गरेका छन् । चियाका कलिला आँकुराहरू कपास झै सेताम्मे फुलेका बादलुको लुकामारीमा रमाइलो मानेर खित्खित्ताइरहेका छन् । तिनै चियाका बोटहरूको थुम्का थुम्कीहरूको किनारमा लस्करै उभिएका धुपीका बास्नादार बैसालु रेशमी पातहरू चञ्चल पवनको झोक्कासँगै फरफराइरहेका छन् । जुरेली, गौन्थली र कोइलीजस्ता चरीहरूको मीठो साङ्गीतिक आवाजले मादकता थपिदिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

निरीहा

बलिन्द्र आँशुका धारा बगाएर अबिरल रोइरहेको छ आकाश । कोरोनाको महामारीको कारण मान्छेको चहलपहल शून्य छ । चराचर जगत नै आ-आफ्नो वासस्थानमा खुम्चिन बाध्य भएका छन् । बेपार व्यवसाय गर्नेहरू मलिन अनुहार लगाएर ग्राहकको पर्खाइमा शून्य सडक चियाइरहेका छन् । जोरबिजोर प्रणाली लागू गरिएकोले निजी सवारी साधन फाट्टफुट्ट गुडिरहेका छन् ।

निरीहाको बेला बेलामा दुखिरहने पेट आज पनि अरू दिनभन्दा अलि बढी दुखेर औषधी सेवन गर्नु पर्ने नै भो । पेटको दुखाइ कम त भयो औषधीले तर उसले दिनभर थकानको अनुभव गरिरहेकी थिई । आज लगातारको वर्षाको कारण दिक्दार लाग्दो रह्यो दिन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्पत्ति

नाता र गोता सम्पत्ति हेर्दैे सम्बन्ध रोजेका
आफन्तहरू स्वार्थमा यस्तो भएर विकेका

स्वार्थले यस्तो अडेको हेर यो हाम्रो संसार
जिन्दगी यस्तो बढेको हरे ! भएर लम्पट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बिधुवाको तीज (लघु–कथा )

भदौको महिना बादल फाटेर सूर्य कहिल्यै ङिच्च दाँत देखाउँदैथ्यो भने कहिले ओठ लेब्राउँदै बादलुको घुम्टो भित्र लुक्न जान्थ्यो । मृगको बच्चो झैं चञ्चल बनेको सूर्य देखेर म त्यसै-त्यसै मुग्ध बनेकी थिएँ । त्यसै-त्यसै फुरुङ्ग भएर चङ्गा झैं उडिरहेको मेरो मन चमेलीको निन्याउरो अनुहार देखेर लट्टाइमा बेरिएको धागो अड्के झैं मेरो आँखा अनायासै उसको अनुहारमा गएर टक्क अड्यो । म उसलाई राम्रोसँग केलाइरहेकी थिएँ । ऊ भने आफ्नो कपालको चुल्ठो सुम्सुम्याउँदै तल गल्लीमा हिँडिरहेका दोहोरी लत्ता महिलाहरूको हुलमा हराइरहेकी थिई ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अपेक्षा (लघुकथा)

कपासझैं सेतो उनको कपालले बुढ्यौलीको सङ्केत दिन्थ्यो । उमेरले सात दशक पार गरिसकेको भएपनि अनुहारमा भने चाउरीले अलिकति पनि डेरा जमाउन सकेको थिएन । अमरमान प्रतीक साहित्यमा राम्रो नाम र दाम कमाइसकेका प्रखर व्यक्तित्व थिए । प्रायः उनको मुद्रा विचारपूर्ण र गम्भीर देखिन्थ्यो । कसैको दुःखलाई देखेर दुःखको गहिरो तलाउमा डुबुल्की मार्न पुग्थे । अनि दुःखहरू एकएक गरेर प्रतिध्वनीत हुँदै तरङ्गित हुनगई बेजोडको साहित्य सृजना हुनपुग्थ्यो ।

मलाई उनका हरेक रचनाहरू असाध्यै मनपर्थ्यो । उनका हरेक रचनाहरू साहसीक कदमको लागि सराहनीयनै थिए । मैले उनका रचना मार्फतनै जीवनलाई वास्तवीक अर्थमा चित्रे मौका पाएको थिएँ । उनका रचनाहरू म दोहोर्याइ तेहर्याइ पढ्ने गर्थें ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बाध्यता (लघुकथा)

डिलकुमारीको पढाइप्रतिको राम्रो प्रगति देखेर उसका आमबुबाले आर्थिक अवस्था कमजोरनै भए पनि नीजि विद्यालयमा भर्ना गरिदिएका थिए । हैसियतभन्दा माथिको कार्य नै भएपनि ऋण लिदै आफ्ना तीन सन्तानलाई राम्रै विद्यालय पढाएका डिलकुमारीका आमाबुबा दिनदिनै ऋणमा भासिँदै गएका थिए । डिलकुमारीका दाजुहरू भने पढाइमा पटक्कै मन नलगाउने बरालिँदै विद्यालय छोडेर खोपी र क्यारिमबोर्ड खेलेर बेलुकी घर फर्कन्थे तर डिलकुमारी भने पढाइमा सधैं राम्रो अङ्क ल्याएर प्रथम हुने गर्थी ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आडम्बरले जन्माएको दुर्दशा

दिन त्यसै-त्यसै धुम्मिएको छ । घामको मुख नदेखेको पनि चार-पाँच दिन भैसक्यो । निःसार हुस्सु चारैतिर मडारिरहेको छ । चराचुरुङ्गीहरू कुहिरोभित्र अन्योलमा परेझैं यताउता भौतारिरहेका छन् । चारुको जोहो गर्न पनि सकिरहेका छैनन् बिचराहरू ! शीतले लपक्क भिजेकी पृथ्वीमाता सेतै फुलेकी बुढिया जस्तै आफ्नो आङको पछ्यौरीमा नै गुटमुटिएको झैं देखिन्छिन् । विचरी प्रकृति हुस्सुको घुम्टोभित्र शीतको धारा चुहाउँदै बिहान पनि अबेरसम्म अँध्यारी भएर रोइरहन्छिन् । चिसोले कठ्याङ्ग्रिएको उनको शरीर चिसो सिरेटोले सिरिङ-सिरिङ बनाउँदा काँडानै उम्रन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भीडभित्रको एक्लो मान्छे

ठण्डीको मौसम । जहाँ गएपनि जसको मुखबाट पनि चिसो मौसमकै बारेमा चर्चा–परिचर्चा सुनिन्छ । कोहीसँग भेटघाट भयो कि कुराकानीको सुरुवातनै ओहो ! सारो जाडो भत्रे वाक्यबाट हुन्छ ।

जाडोको बिदा मनाउने क्रममा हामी रमाइलो गर्न भनी घरबाट बाहिर निस्कियौं । धेरै दिनको अन्तरालमा बल्ल आज धमिलो हुस्सुलाई लोप्पा खुवाउँदै घाम पनि आफ्नो सुनौलो पहेँलो रुपमा प्रकट भएको छ । घामको न्यानोपनले मन फुरुङ्ग थियो । हाम्रा पाइलाहरु बस स्टेशनतिर मोडियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

द्वन्द्वमा पिल्सिएका बुबा–आमा

चिसो सिरेटो मनमोजि ढङ्गले बहकिरहेको छ । पीडादायी हुस्सुले बोटविरुवामा उम्रिएका पातहरु पनि सखाप पारेको छ जसले गर्दा बिरुवाहरु नाङ्गिएका छन् । ती नाङ्गा विरुवाहरु भयभित मुद्रामा एक अर्कालाई ट्वाल्ल परेर हेर्नु सिवाय के नै पो गर्न सक्छन् र ? आफ्नो विभत्सरुपलाई देखाउन वाध्य ती ढिङ्रिङ्ग उभिएका बोटविरुवाहरु भिरालो रुखो जमिनमा दिक्दार मानेर विरक्तिएका छन् । निर्जन लाग्ने यस पहाडी भेगको घुमाउरो घुम्तीहरु बाकेक सडकमा फाट्टफुट्ट उभिएका ढुङ्गा र माटाले बनेका घरहरु शिशीरको लगातारको तुषारापातले धुरु–धुरु रुँदै तपतपाइरहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हाडखोडा र बृद्ध

नीलमणी झैं नीलो आकाश चँदुवाझैं टाँगिएको चारोको जोहोमा निस्किएका चराचुरुङ्गीहरु झूण्ड–झूण्ड भै रमाउँदै मीठो कलरवका साथ चिरबिराइरहेका थिए । सुनसान जमीन उदास अनुहार लगाएर बोझिलो निष्तब्धतामा बाँझै पल्टिएका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सागरको शास्वत प्रेम

मखमली र सयपत्री फूलले आँगन झपक्क ढाँकेको छ । गोदावरी फूल मीठो वास्ना र्छर्दै हावासँग रमाएर झुलिरहेछन् । आँगनीको डिलमा रोपेको सेतो गुलाफको बोटमा लटरम्म कोपिलाहरु तँछाड-मछाड गर्दै फक्रने सुरमा छन् । आ-आफ्नो रुप रङ्ग निखार्नमा व्यस्त ती पुष्पहरु अभिमानी समान भुइँमा त्यत्तिधेरै लत्रिएका पनि छैनन् । हावालाई महकदार बनाएर गमक्क पर्दै ढकमक्क फुलेका सुगन्धित फूलमा झुमेका भँमराहरु भुँ भुँ गर्दै फूलको मीठो रस चुस्नमानै व्यस्त छन् । चन्द्रमाको टहटह चाँदनीरुप झलमल्ल झल्कँदा पृथ्वीमाता पनि पूरै शरीर कपुरले लिपेजस्तै देखिएकी छन् । उनको त्यो स्नग्ध अनुहार दीव्य आनन्दले अझ धपक्क बलेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

निष्ठूरी भूकम्प

निर्दोषी ती नयन उघारेर शरदले भर्खरै मात्र आफ्नो घुम्टो भित्रैबाट अलिअलि र्समाएझैं गरी पुलुक्क चिहाएर हेर्न लागिरहेकी मात्र छे । ऊ पनि आफ्नी दिदी वसन्तभन्दा कहाँ कम छे र ? सोह्र श्रृङ्गारले झकिझकाउँछे । अनेक वास्नादार अत्तरहरू छर्किएर बिरालोको चालमा हिँड्ने षोडषी युवतीझैं मसक्क मस्किँदै वर्षारानीले धोइपोती गरेको सुन्दर यस धर्तिमा मालिकनिझैं ढलीमली गर्दै देखापरेकी छे । मगमगाउँदी सुकसुकाउँदी मोहनीरुपधारी शरद आफ्नो माधुर्य वर्षाएर जगतका प्राणीहरूलाई कृष्ण भगवानले आफ्नो बाँसुरीको धुनले सारा प्राणीलाई लठ्ठ पारेझैं लठ्याउन आतूर छे । मानौं यो शरदको रुपरङ्ग देखेर सारा जगत मन्त्रमुग्ध बनोस् । मेघराजा पनि आफ्नी रानी वर्षालाई लिएर कसैले नदेख्ने ठाउँमा आनन्दमा डुबिरहेका होलान् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सानीको अस्तित्व

उफ् ! कहाली लाग्दो गगनचुम्बी महलहरूले घेरिएको यो कोलाहलपूर्ण शहर जताहेर्‍यो घरैघर मात्र छ । आफूलाई थिच्ला कि जस्तो । हेर्दाहेर्दैनै सासनै निस्सासिन खोज्छ ।

भदौको उखरमाउलो गर्मी त्यसमा पनि टण्टलापुर घाम । हरियाली हेर्न त सातजन्म तपस्या गर्दा पनि कहाँ पाउनु र यो शहरमा अब । त्यसैत्यसै अत्यास लागेर आउँछ । घाम आफ्नो निरङ्कुश शक्तिको प्रदर्शनीमा उत्रिएको भएपनि बादल आफ्नो भएभरको बल निकालेर घामसँग पौंठेजोरी खेल्न आकाशमा मडारिरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली

देश हाम्रो नेपाल हो,
नेपाली हो जात ।
नराखौं कसैमाथि
द्वेश र भेदभाव ।

जातीयताको सिँढी चढी
नगरौं पक्षपात ।
कोही छैनौ उँचो-नीचो
बढौं एकै साथ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

घर

आज दिन घमाइलो छ । रातभर पानीरुपी वेदनाका आँसु बर्साएर आकाश पनि थाकेको जस्तो छ । मौन भएर मेरै शिरमाथि टाङ्गिएको छ । ठाउँठाउँमा कपासझैं सेता वादलका थुम्काथुम्की विभिन्न आकृति बनाएर एक आपसमा खेलिरहेका छन् । कपासका डल्लाझैं सेता यी बादलहरू आफ्नी आमाको सारीको सप्को भित्र कु कु गर्दै बेलाबेला चियाएर हेर्छन् । यी बादलहरू कोही बेला घामसँग जिस्किँदै घामलाईनै पनि ढाकेर छायाँ बनाइदिन्छन् । ओहो कत्ति चुलबुले, चकचके छन् यिनीहरू ।

कौसीमा गएर यस्तो मनोरम दृश्यमा हराउँदा हराउँदै पनि मेरो आँखा त्यो परको सुनसान झुपडीमा गएर ठोक्किन्छ । गगनचुम्बी महलहरूले भरिएको कङ्क्रिटको यो शहरभित्र पनि हरियो रुख विरुवाले ढाक्न भ्याएको छ त्यो घरलाई । चारैतिर लहराले बेरिएको छ मानौं वर्षौंदेखि त्यो घरले एक्लै बाँच्नुपरेको छ । उसको शरीरमा उम्रिएका झयाउ लेउलाई उखेल पाखल गरी सिङ्गारपटार गरी नवयौवना नारीझैं बनाउने कोही आएन जस्तो छ । कुपोषणले सताएको वालकझैं त्यो घर वर्षौंदेखि एकै पोको परेर बसेको होला । यो घर कति अभागी रहेछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रायश्चित

रातभर पानी परे पनि आकाश अझै छ्याङ्ग उग्रेको छैन । कालो बादलभित्र वर्षारानी लुकामारी खेल्दै हरियो पहिरनमा सजिएकी आमालाई जिस्क्याइरहेकी छ । कहिले वल्लो डाँडामाथि त कहिले पल्लो डाँडा गर्दै लुकामारी खेल्ने मेघराजाको धाकिटी-धाकिटी तबलाको आवाजमा कम्मर मच्चाई नाँच्ने रहर अझै पुगेको छैन वर्षारानीलाई । त्यो परको डाँडामा उभिएका सल्लाका रुखहरूले सुसेली हालेर गीत गाइरहेछन् । त्यही गीतको सुरिलो भाकाले त्यो कालो बादललाई तानिरहेको होला मानौं उसकी नवदुलही त्यही सल्लाघारीभित्र छ । घुम्टोभित्र लुकेर उसको आगमनलाई पर्खिरहेकी छ । त्यही भएर होला मेघराजा बाजागाजाका साथ आफ्नी दुलहीलाई लिन गडगडाहटका साथ त्यो सल्लाले बेरिएको हरियो डाँडातिर लम्किरहेको होला । ओहो ! त्यहाँ पुगेर उसकी नवदुलहीसँग स्वयम्वर गरेपछि जन्ती पर्सिएझैं जलवृष्टि गर्छ होला । पञ्चेवाजा सहित लम्किएको छ मेघराजा । झिलिक्क झिलिक्क विजुली चम्किदै नाच्दैछ नर्तकी झैं ।

मेघको यो गडगडाहटले केही बेर तानेपनि उसको निस्तेज अनुहारमा शुन्यताको कालो धब्बाको कुहिरोले फेरि छोप्दछ जब उसकी सौतेनी आमाको कठोर बचनवाणको वर्षा हुन थाल्दछ । उसको नामनै बिगारेर उसकी सौतेनी आमाले उसलाई सम्बोधन गरी बोलाउँदै काम अह्राउँछे । हुनत उसको नाम सरिता हो । उसकी आमाले माया गरेर सरु भनी बोलाउँथी तर उसकी आमाको माया सरुले ६ वर्षको उमेरसम्म मात्र पाउन सकी । ऊ र उसको दाइ सरोजलाई आफ्नी आमाले रातभर सुम्सुम्याउँदै सुँक्क-सुँक्क गरी रोएको सम्झनाले उसको आँखा अनायासै रसाएर आउँछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •