यही कोरोनाले कतिलाई नोटै नोट झारेको छ
यही कोरोनाले कतिलाई अकालमै मारेको छ
जसले मेहनत गर्छ, उसैलाई गाल्नुसम्म गालेपछि !
अरूको आँशु खाने वर्गलाई सजिलो पारेको छ
जीवन कठोर सङ्घर्ष भनूँ कि बरदान ईश्वरको !
जो परिश्रमको पूजा गर्छ उसैले यहाँ हारेको छ
दुष्टहरूले मानवता कप्लक्कै निलिसकेछन् यहाँ !
पैसाको लागि नीच पशुले झै कोखमा दारेको छ
अरू मरे मरून आफू मात्र हसुर्न पाए पुग्नेहरूलाई !
देशको निम्छरो कानूनले जहिल्यै अघि सारेको छ
२०७७ भदौ २९
टीका खरेल सुवेदी
