Skip to content

बिजु सुवेदी (विजय)

धुरु-धुरु नरुनुस् आमा

धुरु-धुरु नरुनुस् आमा
तिम्रो आँसु म पुछी छोड्नेछु ।

जल शरोतको दोश्रो धनी हाम्रो देश हो ।
तर पनि लोडसेडिङ्ग हट्न सक्या छैन ।।

राम

२०४९ सालमा राम जब २२ वर्षपुगेको थियो जुन बेला उसले एउटा सानो पसल थापेको थियो । पसलबाटै जीविका चलाउँथ्यो । त्यसबेला ऊ त्यही पसलको माथिल्लो तल्लामा खुलेको एउटा राजनीतिक संगठनमा पनि लागेको थियो । त्यत्तिबेला राजाको शासनकालमा राजाको शासन हटाउन भनेर लागेको पार्टी थियो त्यो । त्यो पार्टीले राजाको शासनकालमा १३ सिट ल्याएर सदनमा विजय प्राप्त गर्यो । रामलाई भने काठमाण्डौं उपत्यकाको इञ्चार्ज बनाइएको थियो । त्यत्ति बेला राम असनमा एउटा कोठा लिएर बसेको थियो । वालकैमा काठमाण्डौंमा हुर्केको हुनाले रामको जिम्मामा काठमाण्डौं उपत्यका थियो ।

जब २०५२ साल फागुण महिना आयो रामको पार्टीले आफ्नो १३ सिट लत्याएर सदनबाट राजतन्त्र नहट्ने ठहर गर्दै भूमिगत आन्दोलनको उद्घोष गर्‍यो । रामको पार्टीको अफिस सर्‍यो । यत्तिबेला राममा पार्टीप्रति धैरै जिम्मेवारी थियो त्यसैले रामले उक्त पसलबाटै पार्टीका क्रियाकलापहरू जारी राख्यो । प्रहरी, सैनिक कसैले पनि सुइँको सम्म पनि पाएनन् । पार्टीमा अलिअलि बेइमान कार्यकर्ता पनि देखा पर्न थाले त्यसैले गर्दा रामले आफ्नो पसल छोड्ने निर्णय गर्यो ।

शहर

गाउँको स्वच्छ हराभरा वातावरणमा हृष्टपुष्टसँग बसिरहनुभएको राजुको हजुरवुवा राजुलाई भेट्न पहिलोपटक शहरमा आउनुहुन्छ । शहरको धुवाँ, धुलो, फोहोरले गर्दा राजुको हजुरवुवाको फूर्ती सबै दुर्गन्धित वातावरणले गर्दा खत्तम हुन्छ । यस्तो वातावरणले राजुको हजुरवुवालाई अक्रान्त नै बनाउँछ ।

गाउँमा हजुरवुवाले रेडियोमा मानवअधिकार आयोग र यसले गरेका मानवअधिकार संरक्षणका उल्लेखनीय कार्यबारे सुन्नु भएको हुन्छ । त्यसैले यसरी अरुको मानवअधिकार हनन गरी अक्रान्त पार्नेहरुलाई ठीक पार्नु पर्यो भनेर जङ्गिएर हजुरवुवा मानवअधिकार आयोगको कार्यालयमा जानुहुन्छ । हजुरवुवालेले मानबअधिकारको कार्यालयमा आफूलाई घटेका कुराहरुको सबै बेलिविस्तार लाइसकेपछि मानवअधिकार आयोगको सुट बुट लगाएको कर्मचारीले धेरै सोचेर एउटा राम्रो बट्टाबाट धेरै मोल जाने चुरोट खुइय्य तान्दै हजू्वुवा तिरै फुक्दै शानसँग भन्न थाल्छ ।