Skip to content

www.bijusubedibijay.blogspot.com

पत्र कथा :– प्रेमिकालाई पत्र

धेरै किसिमका फूलहरू स्वर्गका थुप्रै बगैंचाहरूबाट लिइएको एउटा अत्यन्तै ठूलो फूलको गुच्छासहित प्रिय तिमीलाई अत्यन्तै ठूलो धन्यवाद !

मेरी प्यारी स्याफ्रोन !!!
म एकदमै हल्का महसुस गरिरहेको छु तिम्रो माया, समर्पण, आदर, सत्य, आज्ञाकारिताका भावनाहरूबाट र तिमीलाई कस्तो छ ? अवश्य नै तिमी पनि यस्तै छ्यौ ।

जन्मको चक्र रोक ।

जन्मको चक्र अब हे ! रोक विधिको विधाता
कतै नै छैन सोझाको चैन भोक र प्यास छ

बहाना दुई चल्दैछ हेर डुङ्गाको खियाइ
उमेर अझ घट्दैछ सदा पानीमा तैरेर
कठीन यस्तो जीवन हाम्रो सकस सधैँको
पागल मन त्रसित सधैँ जिउन धौ धौ छ

महमभूकम्पको वितण्डा

२०७२ बैशाख ११२ गते ११ः५६मा महाविनासकारी महाभूकम्प गयो । यस महाभूकम्पले गोरखा, सिन्धुपाल्चोक र काठमाडौंमा सबैभन्दा ठूलो विध्वंश मच्चायो । यस महाभूकम्पले मध्यमाञ्चलभरिनै वितन्डा मच्चायो ।

बैशाख १६ गते मात्रै लाशले गर्दाै एकथरिले महामारी फैलियो भनेर ३ लाखभन्दा बढीले काठमाडौं छोडिसकेका छन् । सडक सुनसान छ, दशैंमा भन्दा पनि । भाडाका सवारी सबै रिजर्भमा चलाइरहेका छन् । काठमाडौं छोड्नेलाई गाडीको भाडा २५०० देखि ५,०००सम्म मनपरी भाडा लिएकोले स्कुलको संगठन प्याब्सनले सरकारको सहयोगमा काठमाडौं छोड्नेहरूका लागि निःशुल्क ५००वटा बस माइतीघरदेखि तीनकुने कोटेश्वरसम्म राखिएका छन् । अधिकांश मानिसहरू घरको तल्लो तल्लामा र पालमसनि बसिरहेका छन्, फेरि भूँइचालो आउला कि भनेर ।

मानिस बनौं

भगवानको रोवोट मानिस
कुनै रोबोट खेलौना रोबोट
कुनै रोबोट मानिस रोबोट
खेलौना रोबोटमा संबेदनशीलता छैन
खेलौना रोबोटलाई अरुको दुःख मतलब छैन

चित्तको सङ्कल्प, समर्पण अनि वुद्धत्व

वुद्धले स्त्रीहरूलाई दीक्षा नदिने घोषणा गरेका थिए । किनकि वुद्धको पथ पुरुषको पथ थियो । यदि स्त्रीलाई बुद्धको पथमा लग्यो भने उनीहरूले दीक्षा लिने त परै जाओस् बुद्धको पथलाई नै परिवर्तन गरिदिनेछन् । त्यसैले वुद्धले स्त्रीहरूलाई दीक्षा दिनबाट इन्कार गरेर एकएक् स्त्रीलाई “क्षमा गर्नुहोस्” भनिरहे । एकदम मजबुरीमा, ठूलो दबाबमा, र ठूलो तार्किकताका कारण वुद्धले स्त्रीहरूलाई दीक्षा दिन राजी हुनुपर्यो ।

शब्द चित्र २०७१/०६/२२

भरौटेहरूको केही दोष छैन । उनीहरू निम्न वर्गका हुन् । उनीहरूले यसो नगरेमा उनीहरूको रोजिरोटी चल्दैन । यो उनीहरूको दासी मानसिकता पनि हो । उनीहरू विद्रोह गर्न सक्दैनन् । एकदुईले विद्रोह गरे पनि साथ दिँदैनन् र विद्रोह गर्नेलाई नै परिवारबाट अलग गरी सामन्तीसँग मिलेर आफ्नै रगतका नातालाई पनि यातनामय जीवन, अँझ त्योभन्दा कठोर जीवन जिउन वाध्य पार्छन् ।

लेख :– कथा लेख्दा ध्यान दिनुपर्ने कुराहरू

आख्यान विधाका कथा–लघुकथा लेख्ने लेखकहरु धेरै छन् । तर तिनका कथा, कथा भइरहेका छैनन् । जान्नेले आफू माथि पुग्नका लागि पनि यो भेद खोलेका छैनन् ।

धेरैजसोले कथा लेख्ने भनेरै लेखिरहेका हुन्छन् । तर त्यो कुनै निबन्ध बन्न पुग्छ भने कतै त्यो संस्मरण बन्न पुग्छ । कथा जान्नका लागि निबन्ध भनेको के हो, संस्मरण भनेको के हो भनेर जान्नु आवश्यक छ ।

सृष्टिकर्ता किंकर्तव्य–विमूढ (लघुकथा)

सम्पूर्ण ग्रहहरूमा भूइँचालो लाग्न थाले, सम्पूर्ण ग्रहहरूका धरति फाट्न थाले, आकाश फाट्न थाले, ताराहरू झरे अनि भयो दारुण प्रकृतिको लीला । त्यत्तिबेला गुरुत्वाकर्षण शक्तिको मेसो कतै थिएन । छताछुल्ल ग्रह, तारा, नक्षत्रहरू विष्फोटन हुन थाले । समुद्र आकाशमा बहन थाले । बादल हिउँको ढिक्का बन्न थाले । जीवजन्तुहरूले आँखा, मुखबाट आगो बर्साई नामोनिशान समाप्त भइसकेका थिए ।

एक पाउण्ड पाउरोटी (लघुकथा)

झरी असिमित उर्लिएर दर्किरहेको थियो मानौं यो झरीले भेल बनेर केही न केही उटुङ्ग देखाउनेछ । झरी आाउँदा पनि नहुने नआउँदा पनि नहुने । नआउँदा पनि “कत्ति सारो गर्मी छ हगी ?किन यसपाली नआएको” भनेर प्रतिक्षारत बनाउने । आउँदा पनि यसले उटुङ्ग देखाउने । यो झरी तीन दिनदेखि अबिरल दर्किरहेको थियो । विरहमा लागेकाहरु आँसु दर्केको देखिरहन्थे भने खुशीले चुलबुल भएकाहरु त्यसैमा सङ्गीत सिर्जेको देख्थे ।

तिम्रो माया (गीत)

सबै माया पनि देखेँ
तिम्रो माया पनि देखेँ
सबै माया फिक्का भयो
तिम्रो माया गाढा पाएँ

लाग्थ्यो सधैं नभ ठूलो
तिम्रो माया अझ ठूलो
सबै माया सानो भयो
तिम्रो माया गाढा पाएँ

गजल (समाज सपार्न)

नबुझे चित्त बोलेरै छोड फकाऊ सपार्न
सभ्यता सिकी सुधार्न लम्क लजाऊ झपार्न

आलस्य हुन्छ अरुको भाग लुछेर नखोस
सन्तोष मिल्छ भनेरै छोड नखााऊ डकार्न

जो पनि बने समाज बन्छ आरेस नगर
सम्बन्ध भन्या त्यसरी लग नजाऊ हकार्न

(लघु कथा)भगवानको अर्थ

गुरुपुर्णिमा नजिक आएकोले ऊ चारदिन भइसक्यो झोक्राएर बसिरहेको थियो । आज गुरु पुर्णिमा हो । ऊ गुरुलाई भेट्न आतूर छ । आफ्नो गुरु को हो भनेर उसलाई थाहा छ तर गुरुसम्म ऊ पुग्न सकेको छैन । त्यसैले ऊ अती दुःखी छ । गुुरुलाई भेट्न यो तुच्छ समाजले दिएन । यतिसम्म कि उसले गुरुको फोटोसम्म टाँग्न पाएको छैन तैपनि उसको हृदयमा वास बसेको छ गुरु । गुरुको नामसमेत लिन दिँदैन यो तुच्छ समाजले । तैपनि उसले गुरुलाई अती श्रद्धा गरेको छ ।

उठ युवा

देश कोलाहलमय छ
देशमा अनेकौं दुर्दशा छ
देश असमञ्जस्यमा छ
देशमा अनेकौं भ्रष्टाचारहरू छन्
सदाचारहरु कहीँ कतै देखिँदैनन्
देश निमोठ्न उठ्ने गिद्ध चिलहरु व्याप्त छन्
क्रुर दमन सामन्ती शासन छ

“जीवन काँडा कि फूल” लाई नियाल्दा

आज “जीवन काँडा कि फूल” पढी सकाएँ । झमक जस्ता अपाङ्गले हामी जस्ता हात खुट्टा भएकाहरूलाई अपाङ्ग बनाइदिएकी छन्, हुतिहारा सावित गरिदिएकी छन् । किनकि उनले सबलाङ्गलेभन्दा धेरै गरेर देखाइदिएकी छन् । लेखेर धेरै गरेर देखाइ दिएकी छन् । गरेर धेरै देखाइ दिएकी छन् । उत्कट अभिलाषाले सबै इच्छा सफल पारेकी छन् । अनि उनले अपाङ्गलाई दुनियाँले हेर्ने दृष्टिकोणलाई (विश्व परिवेशले पनि) बदलिदिएकी छन् । जस्तो सुकै आपद विपद परिआएता पनि आफ्नो कर्तव्यमा दृढ रहनुपर्छ र अन्ततः सफलता हात पर्छ भन्ने दृष्टान्तको पाठ पनि सबै पाठकलाई उनले यो कृतिबाट दिन सफल भएकी छन् ।

कुरुक्षेत्र (लघुकथा)

कृष्ण र अर्जुन भगवान र भक्तको सर्वोत्कृष्ट नमूना थिए । त्यत्ति भएर पनि कृष्ण र अर्जुन सबैभन्दा मिल्ने साथीहरूका उत्कृष्ट उदाहरण थिए । त्यसैले त गीताज्ञान दिँदा कृष्णले अलिकति पनि झर्को नमानी अर्जुनलाई सोधेका सबै जिज्ञासामूलक प्रश्नको समाधान वताएका थिए । अर्जुनले पनि एक–एक रेशा–रेशा केलाई–केलाई प्रश्न गरेका थिए । जसकारण कृष्ण अर्जुनको सम्वाद गीताज्ञानका लागि सम्पूर्ण सबैखाले भक्तहरूका लागि ज्ञानयोग्य महत्वपूर्ण उपदेश बन्न सफल भयो ।

पागलहावा (लघुकथा)

मानवहरूले एकदमै दुःख पाएकोले भगवानले सुखी बनाउने उपाय बताउन एउटा वृद्ध मानव चोला लिएर पृथ्वीमा अवतरित हुनुभयो ।

जब भगवान्ले मानवरुप लिनुभयो । संसारको, सृष्टि, स्थिति,संहारको कार्यमा विचलन सुरु भयो र शैतानी राज सुरु भयो । तैपनि मानवलाई जसरी पनि राम्रो पारुँ भनेर लागिरहेका बेला ठूलो पागल शैतानी हावा अइरहेको थाहा पाएर भगवान्ले एउटा महाठूलो खाल्टो बनाउनुभयो र संसारका सबैलाई त्यहाँ लुक्न आग्रह गर्नुभयो । तर सबैले “ सबै ठिक हुँदा पनि किन खाल्टोमा जानुपर्ने” भनेर सबैले उक्त बूढोलाई पागल साबित गरेर वास्तै गरेनन् ।

ऊ (लघुकथा)

एउटा राजा थियो, रजा बन्न मन नपर्ने । ऊ सधैं भेष बदलेर जनता बनेर हरेक ठाउँ सर्वेक्षण गर्थ्यो र आफ्नो बाबुको आदेश पालनअनुसार तथा देशका चलिआएको कानूनअनुसार राजा भइरहेको थियो । उसले जहाँ सर्वेक्षण गर्दा पनि जनताहरू केही बोल्दैनथे । भनिराख्नु पर्दैन मात्र भन्थे । “आँ गर्दा अलङ्कार बुझिहाल्छ नि” भन्थे ।

कविता (दिदीको पुकार)

खराब कुरा गरेका सबै बिर्सिमा देऊ न
असल कुरा गरेका सबै शिलामा कुँद न

हे मेरा भाइ हे मेरो काले पढीमा देऊ न
नजान्या कुरा जान्या छु भनी नगर पाइन

सफल हुन्छौ अवश्य तिमी कम्मर कस न
कसैले कुल्चे खुट्टामा तिम्रो तनाव नगर

नास्तिक धर्म (लघुकथा )

एकजना मानिसको बिचार परिवर्तन भयो र ऊ नास्तिक भयो । उसलाई आफू नास्तिक हुनुभन्दा अगाडि धेरै धर्म गरेकोमा पछुतो लाग्यो । त्यसैले उसले अहिलेसम्ममा धेरै पटक मन्दिर घुमिसकेको धर्मलाई कसरी निमिट्यान्न पार्ने भनेर उल्टोबाट मन्दिर घुम्न थाल्यो ।

उतातिर भगवान भने आफूले वरदान दिने मानिस कोही फेला नपरेकोमा बहुलाइरहेको थियो र प्रश्न गरिरहेको थियो कि “किन मानिसहरू एकाग्र भएर मेरो भक्ति गर्दैनन् ?”