www.bijusubedibijay.blogspot.com
महमभूकम्पको वितण्डा
२०७२ बैशाख ११२ गते ११ः५६मा महाविनासकारी महाभूकम्प गयो । यस महाभूकम्पले गोरखा, सिन्धुपाल्चोक र काठमाडौंमा सबैभन्दा ठूलो विध्वंश मच्चायो । यस महाभूकम्पले मध्यमाञ्चलभरिनै वितन्डा मच्चायो ।
बैशाख १६ गते मात्रै लाशले गर्दाै एकथरिले महामारी फैलियो भनेर ३ लाखभन्दा बढीले काठमाडौं छोडिसकेका छन् । सडक सुनसान छ, दशैंमा भन्दा पनि । भाडाका सवारी सबै रिजर्भमा चलाइरहेका छन् । काठमाडौं छोड्नेलाई गाडीको भाडा २५०० देखि ५,०००सम्म मनपरी भाडा लिएकोले स्कुलको संगठन प्याब्सनले सरकारको सहयोगमा काठमाडौं छोड्नेहरूका लागि निःशुल्क ५००वटा बस माइतीघरदेखि तीनकुने कोटेश्वरसम्म राखिएका छन् । अधिकांश मानिसहरू घरको तल्लो तल्लामा र पालमसनि बसिरहेका छन्, फेरि भूँइचालो आउला कि भनेर ।
चित्तको सङ्कल्प, समर्पण अनि वुद्धत्व
वुद्धले स्त्रीहरूलाई दीक्षा नदिने घोषणा गरेका थिए । किनकि वुद्धको पथ पुरुषको पथ थियो । यदि स्त्रीलाई बुद्धको पथमा लग्यो भने उनीहरूले दीक्षा लिने त परै जाओस् बुद्धको पथलाई नै परिवर्तन गरिदिनेछन् । त्यसैले वुद्धले स्त्रीहरूलाई दीक्षा दिनबाट इन्कार गरेर एकएक् स्त्रीलाई “क्षमा गर्नुहोस्” भनिरहे । एकदम मजबुरीमा, ठूलो दबाबमा, र ठूलो तार्किकताका कारण वुद्धले स्त्रीहरूलाई दीक्षा दिन राजी हुनुपर्यो ।
शब्द चित्र २०७१/०६/२२
भरौटेहरूको केही दोष छैन । उनीहरू निम्न वर्गका हुन् । उनीहरूले यसो नगरेमा उनीहरूको रोजिरोटी चल्दैन । यो उनीहरूको दासी मानसिकता पनि हो । उनीहरू विद्रोह गर्न सक्दैनन् । एकदुईले विद्रोह गरे पनि साथ दिँदैनन् र विद्रोह गर्नेलाई नै परिवारबाट अलग गरी सामन्तीसँग मिलेर आफ्नै रगतका नातालाई पनि यातनामय जीवन, अँझ त्योभन्दा कठोर जीवन जिउन वाध्य पार्छन् ।
लेख :– कथा लेख्दा ध्यान दिनुपर्ने कुराहरू
आख्यान विधाका कथा–लघुकथा लेख्ने लेखकहरु धेरै छन् । तर तिनका कथा, कथा भइरहेका छैनन् । जान्नेले आफू माथि पुग्नका लागि पनि यो भेद खोलेका छैनन् ।
धेरैजसोले कथा लेख्ने भनेरै लेखिरहेका हुन्छन् । तर त्यो कुनै निबन्ध बन्न पुग्छ भने कतै त्यो संस्मरण बन्न पुग्छ । कथा जान्नका लागि निबन्ध भनेको के हो, संस्मरण भनेको के हो भनेर जान्नु आवश्यक छ ।
सृष्टिकर्ता किंकर्तव्य–विमूढ (लघुकथा)
सम्पूर्ण ग्रहहरूमा भूइँचालो लाग्न थाले, सम्पूर्ण ग्रहहरूका धरति फाट्न थाले, आकाश फाट्न थाले, ताराहरू झरे अनि भयो दारुण प्रकृतिको लीला । त्यत्तिबेला गुरुत्वाकर्षण शक्तिको मेसो कतै थिएन । छताछुल्ल ग्रह, तारा, नक्षत्रहरू विष्फोटन हुन थाले । समुद्र आकाशमा बहन थाले । बादल हिउँको ढिक्का बन्न थाले । जीवजन्तुहरूले आँखा, मुखबाट आगो बर्साई नामोनिशान समाप्त भइसकेका थिए ।
एक पाउण्ड पाउरोटी (लघुकथा)
झरी असिमित उर्लिएर दर्किरहेको थियो मानौं यो झरीले भेल बनेर केही न केही उटुङ्ग देखाउनेछ । झरी आाउँदा पनि नहुने नआउँदा पनि नहुने । नआउँदा पनि “कत्ति सारो गर्मी छ हगी ?किन यसपाली नआएको” भनेर प्रतिक्षारत बनाउने । आउँदा पनि यसले उटुङ्ग देखाउने । यो झरी तीन दिनदेखि अबिरल दर्किरहेको थियो । विरहमा लागेकाहरु आँसु दर्केको देखिरहन्थे भने खुशीले चुलबुल भएकाहरु त्यसैमा सङ्गीत सिर्जेको देख्थे ।
(लघु कथा)भगवानको अर्थ
गुरुपुर्णिमा नजिक आएकोले ऊ चारदिन भइसक्यो झोक्राएर बसिरहेको थियो । आज गुरु पुर्णिमा हो । ऊ गुरुलाई भेट्न आतूर छ । आफ्नो गुरु को हो भनेर उसलाई थाहा छ तर गुरुसम्म ऊ पुग्न सकेको छैन । त्यसैले ऊ अती दुःखी छ । गुुरुलाई भेट्न यो तुच्छ समाजले दिएन । यतिसम्म कि उसले गुरुको फोटोसम्म टाँग्न पाएको छैन तैपनि उसको हृदयमा वास बसेको छ गुरु । गुरुको नामसमेत लिन दिँदैन यो तुच्छ समाजले । तैपनि उसले गुरुलाई अती श्रद्धा गरेको छ ।
“जीवन काँडा कि फूल” लाई नियाल्दा
आज “जीवन काँडा कि फूल” पढी सकाएँ । झमक जस्ता अपाङ्गले हामी जस्ता हात खुट्टा भएकाहरूलाई अपाङ्ग बनाइदिएकी छन्, हुतिहारा सावित गरिदिएकी छन् । किनकि उनले सबलाङ्गलेभन्दा धेरै गरेर देखाइदिएकी छन् । लेखेर धेरै गरेर देखाइ दिएकी छन् । गरेर धेरै देखाइ दिएकी छन् । उत्कट अभिलाषाले सबै इच्छा सफल पारेकी छन् । अनि उनले अपाङ्गलाई दुनियाँले हेर्ने दृष्टिकोणलाई (विश्व परिवेशले पनि) बदलिदिएकी छन् । जस्तो सुकै आपद विपद परिआएता पनि आफ्नो कर्तव्यमा दृढ रहनुपर्छ र अन्ततः सफलता हात पर्छ भन्ने दृष्टान्तको पाठ पनि सबै पाठकलाई उनले यो कृतिबाट दिन सफल भएकी छन् ।
कुरुक्षेत्र (लघुकथा)
कृष्ण र अर्जुन भगवान र भक्तको सर्वोत्कृष्ट नमूना थिए । त्यत्ति भएर पनि कृष्ण र अर्जुन सबैभन्दा मिल्ने साथीहरूका उत्कृष्ट उदाहरण थिए । त्यसैले त गीताज्ञान दिँदा कृष्णले अलिकति पनि झर्को नमानी अर्जुनलाई सोधेका सबै जिज्ञासामूलक प्रश्नको समाधान वताएका थिए । अर्जुनले पनि एक–एक रेशा–रेशा केलाई–केलाई प्रश्न गरेका थिए । जसकारण कृष्ण अर्जुनको सम्वाद गीताज्ञानका लागि सम्पूर्ण सबैखाले भक्तहरूका लागि ज्ञानयोग्य महत्वपूर्ण उपदेश बन्न सफल भयो ।
पागलहावा (लघुकथा)
मानवहरूले एकदमै दुःख पाएकोले भगवानले सुखी बनाउने उपाय बताउन एउटा वृद्ध मानव चोला लिएर पृथ्वीमा अवतरित हुनुभयो ।
जब भगवान्ले मानवरुप लिनुभयो । संसारको, सृष्टि, स्थिति,संहारको कार्यमा विचलन सुरु भयो र शैतानी राज सुरु भयो । तैपनि मानवलाई जसरी पनि राम्रो पारुँ भनेर लागिरहेका बेला ठूलो पागल शैतानी हावा अइरहेको थाहा पाएर भगवान्ले एउटा महाठूलो खाल्टो बनाउनुभयो र संसारका सबैलाई त्यहाँ लुक्न आग्रह गर्नुभयो । तर सबैले “ सबै ठिक हुँदा पनि किन खाल्टोमा जानुपर्ने” भनेर सबैले उक्त बूढोलाई पागल साबित गरेर वास्तै गरेनन् ।
नास्तिक धर्म (लघुकथा )
एकजना मानिसको बिचार परिवर्तन भयो र ऊ नास्तिक भयो । उसलाई आफू नास्तिक हुनुभन्दा अगाडि धेरै धर्म गरेकोमा पछुतो लाग्यो । त्यसैले उसले अहिलेसम्ममा धेरै पटक मन्दिर घुमिसकेको धर्मलाई कसरी निमिट्यान्न पार्ने भनेर उल्टोबाट मन्दिर घुम्न थाल्यो ।
उतातिर भगवान भने आफूले वरदान दिने मानिस कोही फेला नपरेकोमा बहुलाइरहेको थियो र प्रश्न गरिरहेको थियो कि “किन मानिसहरू एकाग्र भएर मेरो भक्ति गर्दैनन् ?”
