Skip to content

बिजु सुवेदी (विजय)

नभत्रुस् (लघुकथा)

प्रदिपले पत्रकरिता गरेको तीन वर्ष भइसकेको थियो । आन्दोलनको बेलामा १९ दिन अफिसमा उपस्थित हुन नसकेकोले उसको जागिर गएको थियो । त्यो बेला उसले दैनिक पत्रिकाका लागि दैनिक स्तम्भ लेख्ने काम गर्दथ्यो । उसले तीन वर्षको अवधिमा लेखेका सारा नोटहरू आफ्नो पेनड्राइभमा सेभ गरेर राखेको थियो । पेनड्राइभबाट उसले एउटा सिडीमा पनि सेभ गरेर राखेको थियो । पेनड्राइभमा भाइरस परेकोले उसले डाटाहरू हटाएको थियो । तैपनि पेनड्राइभ नचलेकोले त्यो पेनड्राइभ उसले आफ्नो साथी बिप्लबलाई जिस्केर “ला तँलाई यो पेनड्राइभ उपहार भो” भनेर दिएको थियो । तर बिप्लबले त्यही पेनड्राइभलाई बनाएर त्यसमा गीतहरू सेभ गरेर उक्त पेनड्राइभबाट गीतहरू सुन्दै गरेको थियो । गीत मन नलागेपछि त्यो गीत डिलिट गर्थ्यो र अर्को गीत राखी सुत्रे प्रक्रिया गरिरहन्थ्यो । यसो गर्दा गर्दै उसले पनि उक्त पेन ड्राइभ बिगार्यो र उसले बिग्रेका इलेक्ट्रिक सामानहरू राख्ने घर्रामा उक्त पेनड्राइभलाई थन्क्याएर राखेको थियो ।

राष्ट्रिय पोशाकको हविगत (लघुकथा)

पहिले

उसको बुबाले राष्ट्रिय पोशाक लगाउन खोज्दा उसले आफ्नो बुबालाई “ बेइज्जत गर्न लाग्नु भएको ? पागल तालले हिँड्नुहुन्छ ?” भनेर जबर्जस्ती आधुनिक पहिरन लगाउन दिन्थ्यो ।

अहिले

उसले राष्ट्रिय पोशाकको महत्व बुझिसकेको छ । उसले राष्ट्रिय पोशाक लगाउन खोज्दा उसको छोराले पहिले उसले आफ्नो बुबालाई गरेको व्यबहार गर्दछ ।

निस्तो भात (लघु–कथा)

रामलाई अञ्जना सारै मनपर्थ्यो तर अञ्जनालाई राम मनपर्दैनथ्यो । किनकि रामले होटलमा रक्सी पिएको अञ्जनाले देखेको थिई । रामले जीवनमा त्यही एकचोटी पिएको रक्सी उसको जीवनविष बनिदियो । आफूले मनपराएको केटीले त्यसैका कारण बिहे गर्न चाहिनन् । रामले रक्सी एकचोटी बाहेक पिउँदै नपिएको भनेर अञ्जनासँग कसमै खायो तर अञ्जनाले रक्स्याहाको विश्वास हुँदैन भनेर विश्वासै गरिनन् ।

रामले सम्झाउन नसकेकोले आफ्नो बुबा धर्मसँग यसबारेमा सल्लाह मागे । धर्मले पनि अञ्जनाको घरमा गएर उनको आमाबुबासँग अञ्जनाको हात मागे तर रक्सीवाजसँग बिहे गरिनदिने निर्क्यौल गरे अञ्जनाको आमाबुबाले ।

घरसाटी यात्रा टुङ्ग्यो

रामको पसलभन्दा श्यामको पसल १० कि.मी. टाढा छ । रामको पसल शहरको पश्चिमतिर छ भने श्यामको पसल शहरको पूर्वतिर छ । रामको घरभन्दा श्यामको घर पनि १० कि.मी. टाढा छ । रामको घर शहरको पूर्वतिर छ भने श्यामको घर शहरको पश्चिमतिर छ । दुबैले आफ्नो घरको पसलको भाडा उठाउने काम श्रीमतीलाई जिम्मा लगाएका हुन्छन् ।

सत्य (कविता)

म सत्ययुगको मान्छे
त्रेतायुगको बिरुद्ध त बोल्ने मान्छे
म थोरै बोल्छु
धेरै पनि बोल्दिन
थोरै बोलेर त मेरो कुरा कसैले सुन्दैनन्
भने
धेरै सत्य किन उडाउन दिऊँ

पागलखाना

ऊ समाजमा सुधार गर्न चाहन्छ । समाजलाई परिवर्तन गर्न चाहन्छ । भिन्न-भिन्न धर्म मान्नेहरुका बीचको साँस्कृतिक , बैचारिक मतभेदबाट उत्पन्न बैमनस्यतालाई एकताबद्ध गर्न उसले सबै धर्मको निचोड एउटै हो सबै धर्म एकै हो भनेर समाजलाई सम्झाउन खोज्छ । तर समाजले उसलाई उल्टै पागल सावित गर्दछ ।

काँडाको आँखामा राम्रै संसार

काँडाको पनि छ राम्रो बिचार
जसले फूलको रक्षा गर्दछ
डाँठमा फुल्दछ
सम्पूर्ण बोटकोनै रक्षा गर्दछ
जीवनको रक्षा गर्छ काँडाले
त्यसैले काँडा एउटा सैनिक हो
काँडालाई हेला नगरौं

होली र रङ्ग

धेरैलाई यो थाहा नहुन सक्छ कि होली हाम्रो देशको सबैभन्दा पुरानो चाड मध्ये एक हो भनेर । काठमाण्डौंको वसन्तपुरमा होलीपूणिर्माको एक हप्ता अगाडि चीर ठड्याइसकेपछि औपचारिक रुपमा होली सप्ताह शुरु हुन्छ र आज हामी होलीको प्रत्यक्ष अप्रत्यक्ष रङ्गाइमा व्यस्त छौं र होलीले पूणिर्माको भोलिपल्ट तराइका २१ जिल्लामा धुमधामको रुप लिन्छ भने पहाडका ५४ जिल्लामा पूणिर्माका दिन धुमधामको रुप लिन्छ । जसरी होलीको बेला मोजमस्ती गरिन्छ । नाचगान ढोल, मादर, मञ्जीरा, ध्रुपद, धमार होस् या खैंजडी आदिबाट, यसै प्रकारको मस्तीको बेफिक्री व्यञ्जन पनि यसको अभिन्न हिस्सा हो ।

परमात्मा


भारी हुन्छ जिउ
जब मृत्युले अङ्गाल्न खोज्छ
मनमा कुनै दाग छैन
तर तनको थिग्राइमा लागोस् चादर
धरिदियो सन्तहरूले जसरी
कि त्यस्तो उमेर चादर यो

उज्यालो साहित्यलाई समर्थन गरौं

जीवनमा अँध्यारा पक्षहरू हुन्छन्
उज्याला पक्षहरू हुन्छन्
रातमा उज्यालोको आवश्यकता पर्दछ
अँध्यारोमा उज्यालोको आवश्यकता पर्दछ
साहित्यले त्यो बत्ती बाल्न सक्नु पर्दछ

बन्दूकलाई सन्दूकमा राख्न सक्दैनौं हामी

मेरो टाउको दुखे दिमागलाई बोझ हुन्छ ।

मलाई सहन गाह्रो भए मुटुलाई बोझ हुन्छ ।

त्यसैले मैले बोल्नैपर्छ , भन्नलाई अब बाँकी राख्दिन ।

दिमाग र मुटुलाई बोझ पार्न छोडी अब सन्तुलनमा ल्याउँछु ।

दुनियाँ यो यस्तै छ ,

राम्रो चिताउनेलाई कसले दिमाग ठीक छ भनेको छ र !

संसारमा सदियौंदेखि यस्तै चलिरहेको छ ।

झूठको खेती गर्ने पो चलाख हुन्छ यहाँ ,

साँचो कुरा गर्ने त सोझो , निमुखा हुन्छ यहाँ ।

दुनियाँ यो यस्तै छ ,

काम गरी खानेलाई सबैले हेप्छन् यहाँ ,

जसले पनि यो गर त्यो गर अह्राउँछन् मात्रै ।

बसीबसी खानेलाई साहू महाजन भन्छन् यहाँ ,

तिहार

के ? यो दिदीबाट भाइले आशीर्वाद लिने चाड हो ?
दिदीले भाइलाई मात्रै होइन हरेक ठूला व्यक्तिले आफूभन्दा साना व्यक्तिलाई
भित्री हृदयदेखि एक दिन मात्र किन सधैं आशिर्वाद दिनुपर्छ ।
यत्तिले मात्रै कहाँ पुग्छ र अभिभावककै भूमिका खेल्नु पर्दछ ।
सानाले पनि त्यसै गरी ठूलालाई सधैं आदर गर्नुपर्छ ।

सरिताको जिद्दी (लघुकथा)

क्रान्तिकारी भएर भूमिगत जीवन विताइरहेका सवल र सुविला दुवैको भूमिगत समयमै बिहे भयो । भूमिगत समयमै बच्चा जन्मियो । बच्चालाई बाबुआमाको छद्म नाम राखेर स्कूलमा पढाइयो, हुर्काइयो । जब उनीहरूको क्रान्तिकारी पार्टी बैध ठहरियो, अपार मत प्राप्त गरेर उक्त क्रान्तिकारी पार्टी सबैभन्दा ठूलो पार्टी बनेर उभियो । उनीहरूको भूमिगत जीवन पनि समाप्त भयो ।

गीता उपदेश

किन व्यर्थै चिन्ता गर्‍छौ ?
किन डराउने तिमी कोहीसँग ?
कसले तिमीलाई मार्न सक्छ ?
आत्मा न पैदा हुन्छ न त मर्छनै
जे भयो त्यो राम्रो भयो
जे भइरहेको छ त्यो राम्रो भइरहेको छ

दशैंको आशीर्वाद

पश्चिमी संस्कृति भन्दा हाम्रो संस्कृति धेरै उत्कृष्ट छ । यसको उत्कृष्ट नमूनाको रुपमा हामीले दशैंमा दिने टीकाको आशिर्वाद पनि एक हो । यो आशिर्वाद निम्न प्रकारको छ ।

आयु द्रोणसुते, श्रीयं दशरथे
शत्रुक्षयं राघवे, ऐर्श्वर्यं नहुषे
गतिश्च पवने, मानं च दुर्योधने
सौर्यं सान्तनवे, वलं हलधरे
सत्यंच कुन्तीसुते, विज्ञानं विदुरे
भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

यो पनि एउटा माग्ने तरिका (लघु-कथा)

म एउटा अफिसमा मेनेजरको काम गर्छु । अफिस सधैं १० बजे पुग्थेँ । आज म अफिस निस्कँदा ११ बजेछ । बाटोमा म ल्यापटप राख्ने ह्याण्डब्याग बोक्दै हिँड्दै थिएँ । सधैंजसो बाटोमा भेट्ने नियमित अनुहारको भलाद्मी जस्तो सफा सुकिलो लुगा लगाएको मान्छेले गीत गाउँदै हाँस्दै मलाई हर्दै भन्न थाल्यो ।

“हजूरको साहूले हजूरलाई भन्नेछ :- मेरो अफिसमा १० बजे आउनु पर्छ । कहिलेकाहिँ ११ बजे आए पनि केही छैन तर १२ नाघ्यो भने तिम्रो जागिर चट ।”