Skip to content

Biju Subedi

2)10 Years Extra Job Experience of Journalism :-  Columnist: 4 years, Annapurna Post National daily continue daily column writing From AP's main distribution department R.B.Newspaper Traders, Basantapur, Kathmandu. Reporting in Nepali also from Kathmandu District. (2058 Chait 1 to 2062 Chait 23) 14th March 2002 to 5th April 2006.  Columnist: 6 years, Amlekh National Weekly, Mangalbazar, Lalitpur. News paper, weekly column writing & ancient stories writing in Nepali for starting to Ending of this publication. (2064.04.07 to 2070.09.22) 23th July 2007 to 6th Jan 2014.  Columnist: 1 year, experience in Online Patrika Daily From Online Patrika Media House, Lalitpur district, Manbhaban. 2072.02.02 to 2073.02.01 {16th may 2015 to 1st May 2016}  Article writing: Individual approximately 200 article writing in various National daily newspaper of Nepal From 2059 to now.  Literature writing in Online: 15 Years period approximately 300 literature(stories, poems & Articles) posted in Majheri dot com. Mostly stories are written till now. 7 years period approximately 150(stories, poems & Articles) literature posted in Pallava dot com mostly poems written till now.  Blog Writing: Having amassed over 1500 engaging posts on WordPress.com and Blogspot.com since 2059, both of my blogs have consistently attracted a dedicated audience of over 100,000 viewers and..counting. 4) 11 Books Written as Author Biju Subedi Bijay S.N. Book Name Publisher Book Category Published Date 1 Chandako Siddhanta Biju Subedi Bijay Short Epic (Literature) 2065-01-11 2 Laotseko chautisaun Prabachan Prabhat Pustak Sadan Holy Speeches of Tao 2066-04-21 3 Akampa Chaitanya Nai Dhyan Prabhat Pustak Sadan Description of Holy speech of Osho about Buddhism 2066-12-21 4 Tantra Sutra Prabhat Pustak Sadan Description of Holy speech of osho about God Shiva 2067-05-08 5 Bahya Sansarko rahasya Prabhat Pustak Sadan Guru Chinghai Holy speech collection, Free Distribution 2068-04-04 6 Gandhijika Uktiharu Prabhat Pustak Sadan Mahatma Gandhi's quotations collection 2068-12-07 7 Ashanti Bata Shanti, Shantibata Kranti Prabhat Pustak Sadan Description of Holy speech of osho about Politics 2069-12-27 8 Shiva Vandana Prabhat Pustak Sadan Holy Epic of God Shiva 2069 Fagun 27 Mahashivaratri 9 Satya Sangharshaka Kathaharu Ratna Pustak Bhandar Katha Sangraha (collection of Stories) 2072-04-11 10 Satya Pauranik Kathaharu Ratna Pustak Bhandar Pauranik Katha Sangraha (collection of Ancient Stories) 2075 Fagun 11 Shanti Samjhauta Ratna Pustak Bhandar Katha Sangraha (collection of Stories) 2080-02-07

देउवा सरकारका चुनौती

सर्वोच्च अदालतको असार २८को फैसलापछि ओलीको एकलौटी सर्वसत्तावादी केपी ओली प्रवृत्तिको व्यक्तिगत राजनीतिको अन्त्य भएको… Read More »देउवा सरकारका चुनौती

मैले देखेको दलित

दलित भनेको भेदभावमा पीडित, दलिएको व्यक्ति, पिल्सिएको व्यक्ति भन्ने बुझिन्छ । कुन क्षेत्रमा मात्र भेदभमाव छैन ? पाइला पाइलामा भेदभाव व्याप्त छ ।

Read More »मैले देखेको दलित

ओशोः अचम्म जो मैले देखेँ, वोधीसत्त्व स्वामी आनन्द अरुण, पढ्दा जे देखेँ

यस समालोचनात्मक लेखमा स्वामीजी भनेर अरुण स्वामीजीलाई र आचार्यजी भनेर भगवान  रजनीश ओशोलाई भनेको छु । उहाँहरु दुबैलाई सादर नमन गर्दै सुरु गरौँ यी भावनाहरुबाट । स्वामीजी देख्दा आफुलाई अनुभूति भएका कुराहरुबाट । 

Read More »ओशोः अचम्म जो मैले देखेँ, वोधीसत्त्व स्वामी आनन्द अरुण, पढ्दा जे देखेँ

कहिलेसम्म अनिर्णयको बन्दी ?

जनताले गणतन्त्रका लागि सदियौँदेखि पराकाष्ठासम्मको सङ्घर्ष गरे । अन्य देशको तुलनामा धेरैपछि हाम्रो देश नेपालमा पनि जनताले २०६५ जेठ १५मा गणतन्त्र स्थापना गरी विजयी सफलता प्राप्त गरे ।

Read More »कहिलेसम्म अनिर्णयको बन्दी ?

दोस्रो कोरोनाबाट सचेत बनौँ

कोरोना महामारी मत्थर भएर अहिले फेरि बढ्दो ग्राफमा छ । अवश्य नै यो दोस्रो लहरको सुरुवाती चरण हो । अहिले कोरोनाको खोप लगाएकाहरुले दोस्रो पटक लगाएमा मात्रै त्यो प्रभावकारी हुन्छ ।

Read More »दोस्रो कोरोनाबाट सचेत बनौँ

जय शिव दिन

BijjuSubediBijaya

“आज त मेरो दिन ! मर्त्यमण्डलमा मनाउनुपर्यो तर यी मनुवाहरूले शिवरात्रि” भन्दै यो मनाइरहे अद्यापि । जेसुकै होस् म अब सतिदेवी रूपी पार्वतीजीलाई छोडी सुटुक्क मर्त्यमण्डलमा जान्छु भन्दै ध्यानदृष्टिको यन्त्रमा यी अक्षरहरूका वाटिका छोड्दै पत्रात्मक आग्रह गर्दै कैलाशबाट म वायु अनि प्रकाशभन्दा छिटो गतिमा ट्याम ट्याम स्वर निस्किएपछि फुर्र फुर्र पुतलीजस्तो आकारबाट ठुलो हुँदै मानव शरीरधारि तुरुन्तै शिवको गतिविधि हेर्नलाई उत्रिएँ ।

Read More »जय शिव दिन

नारी के हो त्यो बुझौ

नारी यहाँ छन् उपभोग्य बस्तु
चुल्हो चौको उनैले खट्छिन्
घरको काम दिनरात गर्छिन्
जवान भएपछि अर्कै जात हुन्छिन्

काम गर्दागर्दा सास फेर्न पाउँदिनन्
घर फर्कँदा ढिलो आउने छुट हुँदैन

नारी तिमी अघि बढ

कति अँध्यारामै रम्ने बानी गर्ने
उज्यालोका पाटा पनि धेरै छन्
हेर्नैै पर्छ त्यहाँ तिमीले
घाम छ, जुनेली उज्यालो रात छ
पुरुष जत्तिकै प्रकृतिकै वरदान छ
नारीको समाधानका लागि
एनजिओहरु छन्
जागरण कार्यक्रमहरु छन्
डलरको खेती खुबै गर्छन्
नारीका समस्या ज्युा का त्युँ नै छन्
त्यसैले
आफैँ उठ्नुपर्छ
एक नारीका लागि सबै जुर्मुराउनु पर्छ
सबैको हक त्यहीँबाट आउँछ
कुनै कुरामा कमी छैन
गम्भीर मात्र बन्ने होइन
समस्यासँग जुझ्ने बानी हुनुपर्छ
हातमा हात मिलाउनुपर्छ
काधमा काँध मिलाउनुपर्छं
सहरकी दिदबिहिनी मात्र नारी होइनन्
ग्रामीण आमा पनि नारी नै हुन्
उनलाई पनि त्यत्ति नै हक छ
जत्ति तिमीलाई छ

नारी तिमी उठ

एउटी नारी शिक्षित भए
परिवारलाई मात्र होइन
पिँढीलाई पनि शिक्षित बनाउन सक्छिन्
त्यसैले नारी विकास हुन्
नारीलाई दूर दराजमा होइन
पुरुषसँगै समानान्तरमा ल्याउनुपर्छ
नारीले संसार राम्रो बनाउन सक्छिन्
कठोर अत्याचार हुँदा
धेरैधेरै तलसम्म गिराउँदा
स्नेही भनेर
शान्तिका प्रतिक भनेर
सहनशीला भनेर
धेरै खप्की खाएर बस्नु हुन्न अब
नारी मौन मात्र हुनुहुन्न आज
इज्जतका खानी नारी नै हुन्
पुरुषले यसबाट सिक्नुसक्नुपर्छ
नारीले पनि आवाज उठाउनुपर्छ
नारीले सबैलाई मातृत्त्व प्रेमले हुर्काए
तर मातालाई सम्मान गर्दैनन् सन्तानहरु
नारीमाथि भेदभाव व्याप्त छ
यो दूषित पर्दालाई च्यात्नुपर्छ

विद्रोहको रात

आज धर्ती दुख्यो । माटो दुख्यो । बैरी हावाको कुत्सित मनसायले आफ्नो अधिकार ! अधिकार ! भनी भजाएर साम्प्रदायिकता हुल्याइरहेछन् । स्वाभिमान भनी मनको टुटुल्को उठ्ने गरी गिजोलिरहेछन् । सबैलाई एकजुट हुन दिन उनीहरु कहिल्यै चाहँदैनन् । चेतनाको प्रवाहलाई विजोग बनाउनु नै शासकहरुको रणनीति भइरहेको छ । कहिल्यै भाषिक अधिकार भनेर जनाताहरु विभाजित हुन्छन् अनि त उनीहरु दङ्ग हुन्छन् । त्यस्तै कहिल्यै प्रादेशिक अधिकार भन्दा पनि उनीहरु झन् दङ्ग हुन्छन् ।

प्यारो

पापी पेटको प्रश्न हुने सबैलाई कामै प्यारो
अराएर खाई पेल्नुहुने सबैलाई दामै प्यारो

सुस्तसुस्त भो राज्यका सबै सन्यन्त्र
अल्छी छ जाडोमा सबैलाई घामै प्यारो

भोगाइनै शिक्षा ः गजल

मार्मिक भोगाइ ज्यै पढ्न चाहिने त हो नि
मनभित्र त्यै शिक्षा गढ्न चाहिने त हो नि

कत्ति हसुर्छौ ए ! आफन्त हामीलाई नटेरी
मर्दा त्यै २ वित्ता डढ्न चाहिने त हो नि

उधुम बत्ती बालेको सुनहीरा जडेर के गर्ने
लाज ढाक्न त्यै २ सरो, धर्न चाहिने त हो नि

परोपकार, पुन्य हो कर्म गर परपीडा हर्ने
यसैले त्यै २“आत्मा..शरीर” तर्न पाइने त हो नि

२०७७ कात्तिक ११

प्रतिक्रियाका लागि [email protected]

नमात्तिऊ … गजल

पाप कराउँछ नबर्बराऊ धुरी..धुरी ।
अन्न थुपारी नभराऊ मुरी..मुरी ।।

गरीवले पनि श्रमले खान पाउनुपर्छ
भोको पेटमा नचलाऊ छुरी..छुरी ।

आफु मात्रै मैमत्तीई डुक्रेर मोज नगर
भ्याट्ट होला नबढाऊ चुरी..फुरी ।

आउनेनै छ एकदिन सत्यको विजय
न्याय सल्काउन नबलाऊ हुरी..हुरी ।

इज्जत भनेको सबभन्दा ठूलो सम्पत्ति हो,
सभ्यता विर्सेर नभट्याऊ कुरी..कुरी ।

कोरोनाले गााज्यो जत्ति टाढियो त्यत्ति सुरक्षित,
मनमुटु गाढा पार्न ल बढाऊ दूरी..दूरी ।

२०७७ कात्तिक १०
बिजु सुवेदी विजय
प्रतिक्रियाका लागि [email protected]

सर्वसाधारण, कोरोना र ठूलो चाड

लकडाउनको समयभन्दा अनि निषेधाज्ञाको समयभन्दा अहिले विश्वका प्राःय ठाउाहरुलाई कोरोनाले गाँजेको छ । निर्मूल भयो भनी पार पायो भनेका ठाउँहरुमा पनि दोस्रो चरणको महामारी भनी उनीहरु सजग भइरहेका छन् । यो भाइरसको प्रकृति, प्रवृत्ति बारे अझै वैज्ञानिकहरु निक्र्यौलमा पुग्न सकिरहेका छैनन् । रातदिन अनुसन्धानरत छन् । उपचारको औषधि पत्ता लगाउन अब थोरै समयमात्र बाँकी छ भन्ने समाचारहरु पनि बाहिर आइरहेका छन् । केही ठाउँमा भने पत्ता लागेर पनि परीक्षणपछि सार्वजनिकीकरण गर्ने भन्ने समाचार आइरहेका छन् । यस्तोमा सकारात्मक कुराको पर्खाइ गरेर सजग रहनुबाहेक अरु उपाय देखिँदैन ।

गजल : सत्ता फेरिएन

गथ्र्यो पञ्चायतले शोषणको सास्ती उधूम !
आँधी झैँ उर्लिन्थ्यो पहिले तानाशाही हुकुम !

क्रान्ति भयो रे तर पाउ यत्ति सारो मल्नु पर्ने कि
भन्दैछन् सबै रैती बनी “को पहिले भुकुम ?”

बोतल फरक रक्सी उही, भन्नैपर्ने सरकार ! अझै
फरमान आउने ठाउँ भयो अब रोल्पारुकुम ।

जताततै भयो राजनीतिको दुर्गन्धित फोहोरी खेल
खोजिरहेछु वुद्धको देशमा “खै कहाँ छ कुसुम ?”

घरको चेलीबेटी नै असुरक्षित हुन थालेपछि
लाग्छ भाला खुँडो लिएर रातभरि ढुकुम ।

२०२० अक्टोबर २१
प्रतिक्रियाका लागि [email protected]

एसएमएस पालना गरौँ

दृष्य क
एउटा ठेलामा तरकारी बेच्न राखिएको थियो । तरकारी नकिनी ठेला समाएर १०…..१२जना गफमा मस्त थिए । मैले तरकारीको मोल सोधेँ, व्यापारकै मतलब नगरी सुन्याजस्तै गरेनन् बरु अरु गफ गरिरहे । मैले उनीहरुको गफमा ध्यान नदिई पाइला अन्तै मोडेँ । गफ गर्नेहरुमा २ जनाको मास्क पनि थिएन ।

दृष्य ख

सोभ्नियोन

सोभ्नियोन विद्यालय तथा विश्वविद्यालयमा मेधावी थियो । ऊसँग सङ्गत गर्न मात्र पाउँदा पनि केटीहरु आफुलाई अहोभाग्य सम्झिन्थे । शिक्षकले सोधेका कठिनभन्दा कठिन प्रश्नहरु उसले सहजै उत्तर दिन्थ्यो । यसले गर्दा उसको विलक्षण प्रतिभा देखी शिक्षणसँस्थाले उसप्रति गर्व गथ्र्यो ।

यही कुरा विद्यालय तथा विश्वविद्यालयका दोस्रो भएकाहरु तथा अन्य विद्यार्थीहरुलाई जलन हुन्थ्यो ।

खुल्ला किताब

मझेरी अनि नेटका भरी मेरा छन् विचार,
खुल्लम खुल्ला आँकेको मैले शिक्षाको प्रचार ।
निःशुल्क पढ्न सबैका लागि मेरा छन् किताब,
छैन नि कतै भलाइ गर्दा पाइने खिताब ।
तैपनि भीत्रै छुनाले गर्दा गरेको लेखनी,
पढ्नू न सबै उर्जाका लागि जसरी जेगरी ।।