Skip to content

बिजु सुवेदी (विजय)

दशैं (कविता)

दशै त हुने खानेका लागि आउने रहेछ
दशैं त हुँदा खानेका लागि दशा पो रहेछ

काट र मार यो कस्तो थिति देवता पूजने
दशैं यो कस्तो वर्षेनी सधैं राक्षश बनिने

म कवि हुँ, म कवि होइन

म कवि हुँ
म कवि होइन
मेरो कविता कविता हो
मेरो कविता कविता होइन

म कवि यस मानेमा हुँ
मलाई पाठकहरू कवि ठान्छन्
मलाई माथिसम्म उचाल्छन् ।

चङ्गा बनी उडिदिन्छु

सम्पूर्ण सृष्टिलाई यसरी उपभोग गरिदिन्छु
आकाशलाई फटाएर चङ्गा बनी उडिदिन्छु

ताराहरू सिँउरिएर फूलदानीमा सजाइदिन्छु
सूर्यलाई टिपील्याई रातो लालटिन बनाइदिन्छु

युनिक हमाल (लघुकथा )

मेरो एकजना अति नै मिल्ने सुरेश हमाल नाम गरेको साथी थियो । हामी स्कूल पढ्दादेखिका साथी थियौं । हामी दुइको रोल नंबर पनि स्कूलमा सधैं एक अङ्कले मात्रै फरक हुन्थ्यो त्यसैले पढ्नमा पनि हामी बीच निक्कै प्रतिस्पर्धा हुन्थ्यो । समयको अन्तराल सँगसँगै उसले क्याम्पस पढ्ने समयमा लभ गरेर बिहे गर्यो ।

केही समयपछि उसले एउटा छोरो पनि जन्मायो । ऊ यत्ति खुशी भएको थियो कि त्योभन्दा अगाडि ऊ त्यत्ति खुशी भएको मैले कहिल्यै देखेको थिइन ।

नास्तिक धर्म (लघुकथा )

एकजना मानिसको बिचार परिवर्तन भयो र ऊ नास्तिक भयो । उसलाई आफू नास्तिक हुनुभन्दा अगाडि धेरै धर्म गरेकोमा पछुतो लाग्यो । त्यसैले उसले अहिलेसम्ममा धेरै पटक मन्दिर घुमिसकेको धर्मलाई कसरी निमिट्यान्न पार्ने भनेर उल्टोबाट मन्दिर घुम्न थाल्यो ।

उतातिर भगवान भने आफूले वरदान दिने मानिस कोही फेला नपरेकोमा बहुलाइरहेको थियो र प्रश्न गरिरहेको थियो कि “किन मानिसहरू एकाग्र भएर मेरो भक्ति गर्दैनन् ?”

असार पन्ध्रको शुभ–कामना

असार पन्ध्र रमाऔं आज हिलोमा मैलोमा
डुबाई हात डुबाइ खुट्टा हाँसेर रमेर
छ्यापेर हिलो हल्लाई शिर कम्मर मर्काई
छुपुमा छुपु रापेर धान नाचेर गाएर

चिउरा दही मुछेर खाई आजको दिनमा
खेताला सबै किसान सबै आजको दिनमा
विभेद छैन बिमति छैन रमेको दिनमा
कोरेको मैले असारे छन्द आजको दिनमा

पुरानो घरको माया (लघुकथा)

आफ्नो दाजुभाइबाट आफ्नो बचेखुचेको जग्गा अंश भागवण्डा गरेर छुट्टिएपछि बिचरासँग एक कौडी पैसा पनि बचेको थिएन । उसले आफूसँग भएको खेतको माटोको इँटा बनाएर र त्यही माटोको लेप बनाएर उसले पहिले घर बनाएको थियो । तर त्यो घर अहिले निकै थोत्रो भइसक्यो ।

उक्त घर बनाउँदादेखि नै भत्काउनुपर्छ र त्यसको ठाउँमा अर्को घर बनाऊ भनेर सल्लाह दिने जोसुकै देखि उसलाई उत्पात रिस उठ्थ्यो ।

प्यारो साथी (भावनात्मक पत्र)

मितिः– २०७० जेष्ठ २७ गते सोमबार बिहान ४ बजे

प्यारो साथी !
अविरल सम्झना

प्यारो साथी ! मलाई तिम्रो सम्झना आइरहन्छ । तिमी साँच्चिक्कै मेरो साथी बनेर उभिरहेका छौ मेरो निम्ति । तिमीलाई भेट्न त सकिएको छैन तर एकपटक भेट्ने मौका आएर पनि मैले भेट्ने मौका गुमाइसकेँ । फेरि भेट्ने मौकाको प्रतिक्षामा छु । हुन त तिम्रा कुराहरू सबै मलाई मन पर्दैनन् तर पनि मलाई सबभन्दा मनपर्ने मित्र तिमी भएका छौ ।

धर्ती–आमा र म

हे धर्ती–आमा ! हे मेरी आमा
हे आमा मलाई चाहिन्छ आशीर्वाद
किन जाने चारधाम
नजिकको आत्मा देवतालाई हेला गर्दिन म
तिमी मेरो धर्तीं आफ्नै देवता हौ
तिमी मेरी जननी, मेरो टेका स्थान हौ
तिम्रा सन्तानहरू किन ठूला साना छन्

भगवानको रोवोट

म एउटा तिम्रो रोबोट
अरूहरू पनि त्यस्तै म जस्तै रोबोटहरू
म एउटा रिमोटबाट सञ्चालित
किनकी मेरो दिमाग रिमोटबाट सञ्चालित छ
मेरो दिमाग कुनै मनुवाले भनेको मान्दैन
तर पनि मेरो दिमाग मेरो वशमा छैन
कसैले भनेको नमान
आफुलाई भित्रबाट जे लाग्यो त्यो गर भन्छ
तर आफ्नो दिमाग तिमीबाट सञ्चालित छ
हो दिमाग रिमोटबाट सञ्चालित छ
त्यो रिमोट दबाउने को हो ?
त्यही रिमोटले कसैलाई तिमीले असल बनाइदिन्छौ
त्यही रिमोटले कसैलाई तिमीले खराब बनाइदिन्छौ
त्यो रिमोट दबाउने तिमी भगवान हो ?
भगवान हो भने किन पाप बढेको ?
के पाप बढाउने तिमीलाई अधिकार छ ?
के पाप बढाउने तिम्रो कर्तब्य हो ?

अन्तिम परीक्षा (कविता)

चोरेको छैन,
ढाँटेको छैन,
लुटेको छैन
परिश्रम गर्न छोडेको छैन
स्वदेशको माया धेरै लाग्छ
परदेशमा काम गरेको छैन
सरकारी काम गर्न सोर्स–फोर्स छैन
साहूहरुको काम गरिरहेछु
साहूहरुले श्रमको मूल्य दिएका हैनन्
कत्ति ठाउँमा काम गरिसकेँ
कसैले श्रमको मूल्य दिएनन्
बरु तालिम भन्छन् उनीहरु
जीवन धात्र गाह«ो भएको छ
कसरी लालावालालाई खुवाउने ?
समस्या जिउँका तिउँ छ
पैसा कहिल्यै बचाउन सकेको हैन
कुनै लगानी गर्न सकेको छैन
व्यापारी पनि बत्र सकेको हैन
पढेपछि केही न केही त हुन्छ नि भनेर
पढाइ भने टत्र गरेको छु
सरस्वतीको वास छ
लक्ष्मीको वास छैन
सबैले तैंले जेपनि काम जान्छस् भन्छन्
सहयोग माग्न आउँछन्

सहकारी नारा (कविता)

गुणस्तरीय वित्तीय सँस्था
सहकारी सहकारी सहकारी

सहकारी नै किन ?
हरपल वित्तीय सेवा दिन

सहकारीमा धेवा
गुणस्तरीय सेवा

शिव वन्दना

दक्षकी छोरी सती अन्माउँदा
शिवलाई सोधियो बुबाको नाम पहिला
शिर निहुर्याई महादेवले केही भत्र सकेनन्
दक्षले बाबुबिना कन्यादान गर्न मानेनन् ।।१।।

तब बिष्णुले दक्षलाई भन्यो
न शुरु न अन्त्य आदिनाथ हो यो
शिवनै शिव, शिव दृष्टि अनन्त
सबका पिता सर्वश्रेष्ठ भगवन्त ।।२।।

लघुकथा :– चार लघुकथा

लघु कथा :– रघुकुल उत्पत्ति

धेरै पहिले एकजना अत्यन्तै धनाढ्य रघुराजा थियो । उसको सम्पत्ति यत्ति धेरै थियो कि उसले संसारको सुख–सुविधा सबै पाएको थियो । उसलाई एक्कासी यो लाग्न थालेको थियो कि “मैले यत्ति सारा सुख पाएँ तर पनि म सुखी छैन । मभन्दा सुखी दुनियाँको नजरमा अरु कोही छैन तर मेरो नजरमा म जत्ति दुःखी अरु कोही छैन । त्यसैले यस्ता इच्छा–आकाँक्षाको यो साँसारिक असीमित सुखबाट म टाढा जान चाहन्छु” भनी सबै राज्य, सन्तान, सम्पत्ति त्याग गरी नाङ्गै जङ्गलमा तपस्या गर्न गएको थियो ।

निर्दोष काग (लघुकथा)

हत्या र हिँसा विरुद्ध बृत्तचित्र बनाउनुपर्ने महसूस गरियो ।

एउटा कागलाई मारियो । चउरमा खाल्डो खनी गाडियो । गाडेको भिडियो खिचियो ।

कागलाई गाडेको त्यो दृश्य देखेर आकाशमा मडारेर कोलाहल, खैलाबैला गरी बिचलित भएर थुँग्नलाई आक्रमणमा उत्रिरहेका झूण्ड–झूण्ड कागहरूको पनि एकछिन भिडियो खिचियो र यी माथिका सबै दृश्यहरू देखाइसकेपछि अन्त्यमा ती विचलित कागहरूको कोलाहलको दृश्यमा सन्देश दिइयो पनि भनियो पनि “हत्या हिँसाका विरुद्ध यसरीनै उत्रौं”।

प्रभात तिमी चाँडै आऊ

मेरो हात अब कसैले नबाँध
म प्रभातलाई आउन पत्र लेख्दैछु
मेरो मुख पनि कसैले बन्द नगर
म अब प्रभातलाई बोलाउँदैछु
प्रभात तिमी आऊ है
यहाँ अँध्यारो भइरहेको छ
त्यहाँ अँध्यारो भइरहेको छ

सम्झौताको कठपुतली(लघुकथा )

जवान हुँदै गएपछि प्रदिपको हजुरबुबासँग विद्रोह गरी प्रदिपको बुबा अमरले क्रान्तिकारी सिद्धान्त अपनाई समाजलाई कुनैपनि हालतमा परिवर्तन गर्ने सोच बनाएको थियो । अमर कुनैपनि कुरामा सम्झौता नगरी आफ्नो सिद्धान्तमा अडिग रहेर जिइरहेको थियो । जब अमरको बिहे भयो, प्रदिप जन्मियो, प्रदिपका भाइबहिनीहरू जन्मिए, यस्तो प्रक्रिया हुँदै गर्दा अमरले आफ्नो सिद्धान्तलाई वलिदान दिँदै गयो र ऊ पनि सम्झौताको कठपुतली हुनथाल्यो ।

समयले कोल्टे फेर्दै गयो ।

आजको हिरो माइकल (लघुकथा)

उसको नाम के हो मलाई थाहा छैन तर माइकल भनेपछि टोलका सबैले उसलाई चिन्दछन् ।

म बिहानै एउटा स्टान्डर्डको होटलमा माइकलसँगै चिया पिउँदै थिएँ । त्यहाँ हामीले एउटा–एउटा समोसा पनि खायौं । खान सकेपछि अलिबेर पैसा कसले तिर्छ उसैलाई फाइदा हुनेजस्तो ताल पर्यो । मैले नै पर्स निकालेर काउण्टरमा गएर साहूजीलाई “कति भयो ?” भनेर सोधेँ ।

“बैसठ्ठी रुपियाँ भो” भनेर साहूजीले भन्यो ।