मनोहर काफ्ले

बिदेशिएका घाउ (लघुकथा)

“आफ्नो सपना पुरा गर्न विदेश आएको त अहिले घर फर्किन पो सपना भयो,” वीरेन्द्र भोड्का को चुस्की लगाउदै साथीहरुलाई सुनाउदै थियो ।

वीरेन्द्रको भनाइमा ऊ केवल दुई वर्षको लागि विदेश आएको थियो तर देशमा बढ्दो महंगी, असुरक्ष्या र पैसाको लोभले उसलाई अहिलेसम्म विदेशले जकडी राखेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मायालु इभा

मेरो अफिसको टाइम र उनको गुम्बा जाने टाइम एउटै भएकोले दुवै जना सार्बजनिक यातायात प्रयोग गर्थ्यौ । सधैं जसो भेट हुन्थ्यो । उनी बौद्धी नान {गेरु बस्त्र लगाउने साना नानीहरु} हरुलाई पढाउँथिन्, म भने बोर्डिङको शिक्षक थिए । उनी धर्मले बौद्ध थिइन्, पहिरन पनि त्यस्तै । नाम भनेकी थिइन् ‘आनी लामा’ ।

उनी राम्री थिइन्, र म पनि लक्का जवान, मन पराउनु त स्वाभाविक नै थियो । बिस्तारै मेरो लागि गाडीको सिट पनि रोकेर ल्याउन थालेकी थिइन् । कहिलेकाहीं उनीलाई गाडीमा नदेख्दा मन खल्लो हुन्थ्यो । सायदै माया बसिसकेको थियो । यसै बीचमा उनी हराएकी थिइन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बिदेशी प्रेमी (लघु-कथा)

सुनिता र कान्छीमाया खाडी मुलुकस्थित एक कम्पनीमा क्लिनर पदमा कार्यरत दुई युवती हुन् । दुवै जना नेपालमा विवाहित र सुनिता २ बच्चाको आमा पनि हो । सुनिता श्रीमानको कारणले बाध्य भएर छोरा छोरीको भविष्यको लागि बिदेश आएकी थिई भने, कान्छीमाया आफ्नो सौख पुरा गर्न, नयाँ ठाउ हेर्न, नयाँ अनुभव बटुल्न साथै नयाँ साथीहरूसँग रमाइलो गर्नकै लागि श्रीमानसँग साधारण मन मुटाब भएपश्चात विदेश आएकी थिई । नेपालबाट आएको हप्ता दिनमै दुवैजनाले आआफ्नु केटा साथी बनाइसकेका थिए । सुनिताले आफूसंग मन मिल्ने उमेरका अलि पाको सिधा, सोझो पोखरातिर घर भएकोलाई प्रेमी बनाएकी थिई भने कान्छीमायाले कालो मोटो, पान पराग चपाइरहने एक बंलादेशीलाई आफ्नु बनाएकी थिई ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरी मुना

अम्बिकापुरबाट तीनसुकियाको लागि बिहान ६ बजे नै बस छुट्थ्यो । चिसो बिहानी, बसको हर्न सुन्नासाथ म ब्याग लिएर निस्किएको थिएँ । पहिलो बस छुट्यो भने फेरि अर्को बस ३ घण्टा पछि अर्थात ९ बजे मात्र थियो र दोस्रो बसमा मलाई गन्तव्यमा पुग्न ढिलो हुने थियो । ब्रह्मपुत्र नदीमा पुल भएकोले घरबाट सिधै तिनीसुकिया आउजाउ गर्न सजिलो भएको थियो ।

लामो यात्रा भएकोले यात्राको आनन्द र खल्लोपना छेवैमा बस्ने सहयात्रि र उसको आनी बानिमा भर पर्थ्यो । मेरो कामना थियो ‘एक सुन्दर स्त्री सँगैको सिटमा भए यात्राको मज्जै बेग्लै हुन्थ्यो। बाटो भरि मिठा मिठा साहित्यिक कुराहरू गर्ने ती सहयात्री भै दिए झनै सुगन्ध थपिने थियो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

माल

‘माल’ शब्द आफैमा अपूर्ण हुदाहुदै पनि अनेकार्थक साथै बहुआयामिक प्रतिभा बोकेको अर्थबाहक शब्द रहेछ । विभिन्न उमेर समूहले प्रयोग गरिरहने यो शब्दलाई सबैले आ आफ्नु ढंगले अर्थ्याएका पाइयो । जाति, पेशा, लिंग, उमेर, समय र परिस्थिति अनुसार यसको निस्फिक्री रुपमा बढ्दो प्रयोगले नै यसको छुट्टै विशेषता र महत्व थाहा हुन्छ । यो शब्द त स्वतन्त्र र सर्वब्यापी पो रहेछ । यसका पर्यायवाची शब्दहरुको खोजी गर्दा ठुलै महाकाव्य नै स्रिजना हुन् बेर नलाग्ला ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ManoharKafle

आकर्षण

किन हो मलाई अविवाहितभन्दा विवाहित आइमाइहरू प्रति नै धेरै लगाब हुन्थ्यो । उनीहरुले लगाएको सारी चुरा टीका पोते साथै सिउदोको सिन्दुरले आकर्षण गर्थ्यो । सारीमा हिडिरहेका आइमाइहरुको सुडोउला तिघ्राहरुको आकार र पछाडिबाट हेर्दा उठेको कम्मर मुनिको भागले लोभ्याउथ्यो । हावाले उडाउदै गरेको सारीको सप्को जसले छातीलाई छोपेर काधमाथिबाट पछाडि पट्टि झरेको हुन्छले पनि बेला बेला बचचा सँग लुकाछिपी खेल्दै कुकु हा गरेंझई छातीलाई देखाउदै र चोप्प्दै गरेको दृष्य सारै मनमोहक लाग्थ्यो । नाभीले खुल्ला रुपमा मानिसलाई स्वागत गरेको लुकीलुकी हेर्न मन लाग्थ्यो । हेरेर आँखाहरू अघाउँदैनन् थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •