Skip to content

बिदेशी प्रेमी (लघु-कथा)


सुनिता र कान्छीमाया खाडी मुलुकस्थित एक कम्पनीमा क्लिनर पदमा कार्यरत दुई युवती हुन् । दुवै जना नेपालमा विवाहित र सुनिता २ बच्चाको आमा पनि हो । सुनिता श्रीमानको कारणले बाध्य भएर छोरा छोरीको भविष्यको लागि बिदेश आएकी थिई भने, कान्छीमाया आफ्नो सौख पुरा गर्न, नयाँ ठाउ हेर्न, नयाँ अनुभव बटुल्न साथै नयाँ साथीहरूसँग रमाइलो गर्नकै लागि श्रीमानसँग साधारण मन मुटाब भएपश्चात विदेश आएकी थिई । नेपालबाट आएको हप्ता दिनमै दुवैजनाले आआफ्नु केटा साथी बनाइसकेका थिए । सुनिताले आफूसंग मन मिल्ने उमेरका अलि पाको सिधा, सोझो पोखरातिर घर भएकोलाई प्रेमी बनाएकी थिई भने कान्छीमायाले कालो मोटो, पान पराग चपाइरहने एक बंलादेशीलाई आफ्नु बनाएकी थिई ।

त्यो घिनलाग्दो बंगलादेशीलाई प्रेमी बनाउनमा कान्छीमायाको आफ्नै लजिक थियो । कान्छीमायाको भनाइमा बंगलादेशीसँग आफनै कार थियो, उसलाई घुमाउन लान्थ्यो, माया गर्थ्यो । कान्छीमाया भन्ने गर्थी “नेपाली नै बइफ्रेन्ड बनाउने हो भने नेपालमै बसे भै गयो नि किन बिदेश आइरहनु पर्थ्यो र, ऊसँग बिहे नै गर्जनु पर्ने हो र ? रमाइलो पो गर्ने हो त । नेपाली त लोभी हुन्छ ।”

सुनितालाई नेपाली प्रेमीले सुरु सुरुमा धेरै माया गर्ने नाटक गर्यो, धेरै चोटी छुट्टीको दिनमा होटल लग्यो र दुवैले मनोरञ्जन गरे । बिस्तारै त्यो नेपाली प्रेमी टाढिन थाल्यो । सुनिता प्यासी नै रही । कान्छीमाया भने सधैजसो डिउटीबाट आएर बंगाली प्रेमीलाई फोन गर्थी, ऊ तुरुन्त गाडी लिएर आउथ्यो अनि दुवैजना मस्किदै मल, सिटी सेन्टर या पार्कतिर जान्थे । आउदा नयाँ नयाँ सामानको झोला हातै भरि झुन्द्याउदै आउथी ।
आएको बर्स दिनमा कान्छीमायाको बंगाली प्रेमी भएकैले नेपालमा घडेरी जोडिसकेकी थिई साथै मिठो खाना, नयाकपडा, गरगहनाले भरि भराउ थिई । यता सुनिताको वर्ष दिनमा पचास हजार पनि जम्म़ा गर्न सकिरहेकी थिइन् । भएको अलिकति पैसा पनि नेपाली प्रेमी भनाउदाले चलाएको थियो ।

सुनितालाई आफ्नु गल्ती महसुस भयो । कान्छीमायाले भनेको कुरा उसलाई याद आयो, कान्छीमायाले भनेकी थिई, “दिदी, बिदेशको माया, एयरपोर्ट पुगेपछि दायाँ न बायाँ, ल यो पाठानी {पाकिस्तानी }को नम्बरमा मिस कल गर्नु, तपाईंको सेवामा तुरुन्त हाजिर हुन्छ।”

आज सुनितासँग पैसा छ, नयाँ फेसनेबल कपडा छ, माया गर्ने, आफ्नै गाडी भएको पाकिस्तानी प्रेमी र उस्ले दिने शारीरिक सन्तुष्टि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *