Skip to content

रुमन न्यौपाने

भर्खर हाईस्कुल सके पछीको बास्तबिकता…

यो कसैको बास्तकीक जिबनसगं मेल खाएमा संयोग मात्र हुनेछ ।

मानीसले एउटा न एउटा रहस्य लुकाउछ, सायद त्यही रहस्य भित्र उसले आफ्नो सन्तुष्टी र चाहानालाई भेट्टाउँछ चाहे त्यो कसैबाट कोटाईयोस् वा कसैले त्यसलाई तुच्छ देखोस् । रहस्य झन रहस्य भित्र दब्दै जान्छ । म संग त्यस्तो कुनै रहस्य नहुदोहो सायद त्यसैले म भदौरे मकै झै कसैको अँगेना वा कसैको मकलमा पिल्सीदैछु ।

साँढे

सायद मोबाईल सिरानी मै थियो क्यार, कानै थर्किने गरी भाईब्रेट भयो । के चाहियो र जोन लिनन बिहानै मेरो शिरानीमै आईपुगे झै लाग्यो । गाउँदै थिए सुरिलो लय हालेर “सोच यहाँ स्वर्ग छैन, यो सजिलो छ यदि कोशिस गर्छौ भने । नर्क छैन यहाँ भन्दा तल, मात्र हामी माथि आकाश, सोच सबै मानिस आजको लागि बाच्दै छन्’’ । मैले हात लम्काएर भयो गाउनु पर्दैन भने झै अर्लाम बन्द गरिदिएँ । आँखा अझै खुलेको थिएन । दाहिनेतिर च्याम चुरुम तन्ना बजेको सुने, भाई अझै मस्त निन्द्रामा रहेछ । ओल्टे कोल्टे फर्किँदै । आफ्नो परक्षिा थियो । बिहानै विश्वविद्यालय पुग्नु पर्ने । पुषको सुरुवाती जाडो, फेरि आज अलिक चिसो थियो क्यार । सिरक फालेर बाहिर

म स्वास्निमान्छे भए के गर्थे ?

माथि को यो शिर्शक पढे पछी सबै ले मलाई गाली गर्नु भयो होला । यो त देवकोटा को निबन्ध को शिर्शक हो, यो फठाहा भएछ । लेखाईमा पनि यस्तो चोरि चकारी अनी फट्याँई गर्नु हुन्छ । यो त सरासर बेईमानी हो । म पुरुष हुँ । मैले चाहेको गर्न सक्छु किनकी मलाई समाजले तेती सहजता दिएको छ । मैले चाहे भने अघी को कुनै यूग अनी पछी आउने कुनै यूग लाई हाँक्न सक्छु । म यो निम्बन्ध भरी स्वास्निमान्छे हुन चाहन्छु । म तपाईं को आँखा ले मलाई हेर्ने दृष्‍टिकोण परिवर्तन गर्न चाहन्छु र यो पढि सकेपछी भन्नु होला क्याबात !

यो तिमीले के गर्यौ ?

१.
तिमीले बिलाप गरिरहँदा
निस्तेज उभिएर सुनिरहेँ ।
अहोरात्र तिम्रो प्रशंसामा
परिश्रम ब्यर्थ खर्चिरहे ।
अधिकतम चाहना बोकेर
तिमीले बाटो काटिदियौ ।

तिमि म अनि मेरो देश

तिमी आफ्नो प्रेमीकालाई माया गर्छौ । घर, परीवार, बन्द ब्यबसायको माया गर्छौ । यर्थाथ यही हो, बास्तबिकता त यही हो की तिमी आफु निकटका हरेक हरेक बस्तु माथी माया देखाउँछौ । तर तिमीलाई लाग्दैन कि तिमी कसैलाई प्रेम गर्न छोड्दै छौ, कसैप्रती मोह टुटाउँदै छौ—देशप्रेम । हो तिमीमा कती छ देशप्रेम, के तिमी देशभत्त छौ ? तिमीलाई तिम्रो माटोको माया छ ? एकजना भाईको फेसबुकमा स्टेटस पढे, रमाईलो लाग्यो । आफ्नो देशलाई मिस गर्दै छ रे, र्पसी नेपाल आउँदैछ—