Skip to content


मेरो रित्तो रङमन्चमा
तिमी अर्को नयाँ पात्र ।
घरी यता,
घरी उता,
असम्न्जसमा टोलाएको ।
म,
तिम्रो सौन्दर्यको रसास्वादन गर्न
आतुर देखिएको छु ।

मेरो कौतुहलता
तिम्रो असीम सौन्दर्यतामा ।
तिम्रो आगमनले,
तिम्रो प्रबेसले,
मधुमाशमा रङ थपेको छ ।
तब उज्वोलतमा रङमन्चमा

भमरा नर्तक भएको छु ।

म तम्सिएको छु
म तानिएको छु
पवित्र तिम्रो प्रेमानन्दमा
तिम्रो भावभङ्गिमा
तिम्रो यौवनमा
नितम्बका पाटाहरूमा
तिम्रो हेराईले
म भित्र प्रदिप्त किरणहरू
अनि
रौनका रेखाहरू दगुरेका छ्न् ।

मधुरो प्रकाशमा,
रङमन्च रङिन छ ।
लालित्यपूर्ण आवाजमा,
लठिएका स्वरहरूमा,
नाटकको मधुमय बहारमा
बिभोर हुँदा नहुँदै ।
अन्तत,
तिम्रो बहिर्गमनले
रङमन्च रित्तियो ।
म अदबसँग
अनि मुकदर्शक बनेर
तिम्रो मस्काईमा
नाजवाफ कल्पनाशिल भँए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *