सबै लाई थाहा छ कि त्यो फुल हो
**********गजल**********
*****
सबैलाई थाहा छ कि त्यो फुल हो
बारम्बार दोहोरिने त्यो भुल हो।।
…..
जुनि जुनि, सगै मर्ने सगै बाच्ने
पिरतिमा गरिने त्यो कबुल हो ।।
…..
नसोच तिमिले आन्धा छैनन कोहि
पाप लाई मेटाउने त्यो त्रिशुल हो ।।
…..
कहाँ पाउँछन् र सोचेको सबैले
जे जे पायौ कर्मको त्यो अशुल हो।।
…..
बाच्न का लागि गरिएको यात्रामा
मात्र आँसु र खुशी को त्यो पुल हो।।
प्रकाश आचार्य
चैनपुर-२,चितवन

तिमिले नै मलाई हाँस्न सिकायौ
हाँसेरै बोल्दा पनि सङ्काले हेर्न थाल्यौ