Skip to content

abiralpc

बाध्यताले पाइँलाहरु

गजल

बाध्यताले पाइँलाहरु खाडितिर झर्दैछन्
मुटु भित्र पिडा लुकाइ पारितिर सर्दैछन

मानो भर्न छाक टार्न, पसिना बगाएर
दिन रात नभनि पर्देशमा मेहेनत गर्दैछन्

बर्तमान लाई थाती राखि, भबिस्य बनाउन
आफै लाई बन्दगी राखी साहुको रिनमा पर्दैछन्

भबिश्य छैन केहि, जताततै छ अन्धकार
भोलिका कर्णधार बालबालिका सडकपेटिमा मर्दैछन

मुक्तक

नशालु तिम्रो नयनले केही भन्न खोज्दै छ
सुम्सुमाउदै हातले धड्कन गन्न खोज्दै छ
कामेका ती अधरले कस्तो रसपान गरायौ
भिजेर सारा सरीर भित्रभित्रै बल्न खोज्दै छ

अचेल (मुक्तक)

आफन्त र पराइ, उस्तै लाग्न थाले अचेल
आफ्नै ठानेका पनि, देखेर भाग्न थाले अचेल
खै कस्को बिश्वास गर्ने यहाँ, सबै उस्तै भएपछि
दुख पर्दा खेरी यहाँ, शत्रु पनि जाग्न थाले अचेल

तिमी थियौ र त आए

तिमी थियौ र त आए नि तिम्रो गाउँमा
मुटु दियौ र माया लाए नि तिम्रो गाउँमा
आहा त्यो रुप्, छटा अनि अधर्ले बोलायौ
र त पिरती बिसाउन पाए नि तिम्रो गाउँमा

टुक्रा टुक्रा पार्ने भयौ नि यो देशलाई

टुक्रा टुक्रा पार्ने भयौ नि यो देशलाई
सिमापारी सार्ने भयौ नि यो देशलाई
पहिचान को नाममा आफ्नैलाई लडायर
जातिय युद्धमा झार्ने भयौ नि यो देशलाई

हाँसेरै बोल्दापनि

हाँसेरै बोल्दा पनि सङ्काले हेर्न थाल्यौ
छेपारो झैँ घरिघरि रुपरङ् फेर्न थाल्यौ

मागे जति सारा दिए झिकेर तिम्रा लागि
बोलाँउदा टाढैबाट कुरा अन्तै बेर्न थाल्यौ

हासेकै राम्री तिमी

हासेकै राम्री तिमी यसरिनै हाँस्नु काली
माया र पिरतिको डोरी यसरिनै गास्नु काली

एक बारको चोला मरी लानु के नै छ र
हासो र खुशी बाडेर यो जीवन बाँच्नु काली

संघर्ष र दुख बिना को जिबन त के जिबन्
पिँडा र दु:ख बाडेर खुशी लाई साँच्नु काली

आउछन जान्छन अनेकौ जिबन यात्रामा यहाँ
स्व्च्छ मनको निलो आकाश मुनी नाच्नु काली

सम्झनामा तिमीलाई

सम्झनामा तिमीलाई बेरेको धेरै भयो
छातिभित्र तिम्रो नाम केरेको धेरै भयो

आउछु भन्यौ कुरिबसेँ पारी देउरालीमा
थाकिसके आँखा तिमीलाई हेरेको धेरै भयो

नेपाली पहिचान

ढाकाटोपी दौरासुर्वाल नेपाली पहिचान हटाउने कुरा नगर
बीर पुर्खाले बनाएको देश यो कसैले फुटाउने कुरा नगर
राष्ट्रले रगत मागे रगत दिन तयार छौँ नेपाली हामी
फेरि नेपाली नेपालीलाई आपसमा जुँधाउने कुरा नगर