सम्झनामा तिमीलाई बेरेको धेरै भयो
छातिभित्र तिम्रो नाम केरेको धेरै भयो
आउछु भन्यौ कुरिबसेँ पारी देउरालीमा
थाकिसके आँखा तिमीलाई हेरेको धेरै भयो
भुलेर तिमीलाई एकैछिन निदाउन खोजे
तर छट्पटीले कोल्टे फेरेको धेरै भयो
भुलाउन खोजे आतितका यादहरूलाई
घरी घरी सपनामा घेरेको धेरै भयो

like this lekh
very nice lekh