Skip to content

Shovit bhujel

बधाई छ तिमिलाइ

बधाई छ तिमिलाइ भने जस्तो घर पायौ
तिम्रो दु:ख सूखमा साथ दिने वर पायौ

झुपडीमा मै बसउला रुदै रुदै दिन रात
सधैं खुशी भई बस्नु सुन्दर त्यो सहर पायौ

म त हजुर सानो मान्छे जात हम्रो फरक पर्यो
आफ्नो कुल जोगाउन भने जस्तो थर पायौ

माटो को भर ढुङ्गा रहेछ ढुङ्गा को भर माटो
दुई मुटु जोडि राख्ने अटुट त्यो भर पायौ

मेरो प्यारो हर्मी गाउलाई

चट्ट भुल्न कहाँ सक्छु मेरो प्यारो हर्मी गाउलाई बिर्सिएको कहाँ छु र जन्मीएको मेरो ठाँउलाई हर्मिको बस्ती मेरो उजाड उजाड हुदै छ रे प्रावास बाट आउदैछु म सजाउना मेरो गाउलाई सरर सुसाउदै बग्ने हर्मी गाँउको गैरी खोला बगाउन खोज्दै छ रे आजा भोली मेरो गाउलाई कस्तो दिन छोडी आएछु प्रदेशमा मेरो गाँउलार्ई बाध्या भाछु सजाउन मुटुमाथी जन्म ठाँउलाई सबै साथी हिडे अरे एक्लै बनाई हर्मी गाउलाई भुलेरनि छोडे्ने छैना प्यारो मेरो हर्मी गाँउलाई ………….

मन्त्रीको कथा

भर्खर विवाह गरेका नया जोडी नेताजीसँग आशीर्वाद माग्न गएछन्-

जोडी : मन्त्रीज्यू हामीलाई आशीर्वाद दिनुस!

नेताजी : “अहँ मन्त्रीको काम आशीर्वाद दिने होइन मात्रै उदघाटन गर्ने हो । उद्घाटन गर्न दिने भए गरुला !”