Skip to content

बधाई छ तिमिलाइ

बधाई छ तिमिलाइ भने जस्तो घर पायौ
तिम्रो दु:ख सूखमा साथ दिने वर पायौ

झुपडीमा मै बसउला रुदै रुदै दिन रात
सधैं खुशी भई बस्नु सुन्दर त्यो सहर पायौ

म त हजुर सानो मान्छे जात हम्रो फरक पर्यो
आफ्नो कुल जोगाउन भने जस्तो थर पायौ

माटो को भर ढुङ्गा रहेछ ढुङ्गा को भर माटो
दुई मुटु जोडि राख्ने अटुट त्यो भर पायौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *