खै कसरी भनौ


खै कसरी भनौ उनलाई मलाई साथ देउ भनी
बसकोछु उनकै यादमा हातका औला गनी-गनी
दोधारमा काटी रहेछु हिजो आज लामो रात
कसरी पो पाउनु मैले प्यारो न्यानो उनको साथ ।

नभएको हैन मेरो उनीसँग प्यारको बात
उनका बाउले चाल पाए हान्न सक्छन लात
त्यसैले त भागी भागी हिड्दै छु म आज
उनलाई भनौ भनी हेर्छु मलाई लाग्छ लाज ।

उनी पनि भन्न खोज्छिन कुरा अन्तै मोडी
कहिले कहिँ भेट्न आउछिन बाउको घर छोडी
मैले भन्न गलत हुन्छ भनौ व्यथा कसरी
कती औला गनी बस्नु नभनेर नै यसरी ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *