Skip to content


सिङ्गै संसार दिन्छु भन्न सक्दिन,
तर मुटुमा बास दिन सक्छु म ।

सारा खुसी बटुलिदिन्छु भन्न सक्दिन,
तर तिम्रो आंसु पुछ्न अबस्य सक्छु म ।

सागरको मोती दिन्छु भन्न सक्दिन,
तर प्रेमको माला अबस्य दिन्छु म ।

जूनको ज्योति दिन्छु भन्न सक्दिन,
तर जीवनको खुशी अबस्य दिन्छु म ।

तिमी मेरी हौ वा नहौ,
हृदयभरिको माया दिन्छु म ।

1 thought on “तिम्रो लागि”

  1. तपाईको गजल राम्रो लाग्यो
    भावनाहरुलाई भूमिका बाँधेर मिठो कृतिस्वरुप पस्कनु भएको रहेछ । तपाईंको कलमले निरन्तर गति लिईरहोस्
    BISHNUTHAPA48@YAHOO.IN

Leave a Reply

Your email address will not be published. Required fields are marked *