Skip to content

मीरा मन थापा

तिमी र म

प्रातकालको पुष्प लतिका बनेर,
म एक आकाश शित पिउँछु र
चाँदी टल्किन्छु,
यो हिमाल बिहीन देशमा
एक झोंका बयली बतास
मलाई स्पर्श गर्दै
तिम्रो आभास दिएर जान्छन् !

मलाई सारंगी र जीवन उस्तै उस्तै लाग्छ

समयको सिपालु रेटाईले
रयाई रयाई रेटिएर
कहिले मायाका मुर्छना रेट्दै
कहिले आँशुका आलाप रेट्दै
कहिले सागर जत्रो आशा रेट्दै
कहिले मरुभूमिको प्यास रेट्दै
गाइने दाइले सारंगी रेटेझैँ

MeeraManThapa

सपनाहरू

एकहुल आशातित मानव झुण्डहरू
सुनसान रातमा सुन्दर सपना खोज्न निस्केकाछन्,
रात आफैं अँध्यारो बाँचेको छ
खै के बाटो देखाउला
उज्यालो दिन आफैंमा सुन्दर सपना हो,
तर लम्पट सुतेर भर्याङमुनि
मुहारमा घामको आभा छेक्छ मान्छे,