Skip to content

विशाल पुडासैनी

हुल्न पाए कस्तो हुन्थ्यो ?

सधैभरि तिमीसँगै डुल्न पाए कस्तो हुन्थ्यो ?
रात बिच अन्धेरीमा भुल्न पाए कस्तो हुन्थ्यो ?

प्रेम रुपी बगैंचामा गुलाफको फूल जस्तै
जुनी जुनी सँगसँगै फुल्न पाए कस्तो हुन्थ्यो ?

मायाँ गाँसी तिमीसँगै चखेवाको जोडी जस्तै
न्यानो तिम्रै अंगालोमा झुल्न पाए कस्तो हुन्थ्यो ?

भरिया

पसिनाको धारा बगाई धनी बन्ने आशा लिई,
ठमठम हिडीरहेछ भरिया अजङ्गको भारी लिई ।

घाम-पानी मतलब छैन् तिर्खा कति लाग्दो होला,
अरुजस्तै वसिखान उसलाई मन लाग्दो होला ।

BishalPudasaini

अपहरण

“एक शब्द नबोल । खुरुक्क ट्याक्सी भित्र हिड् । नत्र …!”

मैले देब्रे हातको चोर औंलाले नजिकै रहेको आफ्नो ट्याक्सी देखाउँदै लगभग २२–२४ बर्षकी सुन्दर चेहरा, रातो पोटिलो गाला, गोरो अनुहार, लामो र कालो कपाल, सिलिक्क परेको जिउडाल भएकी एक विक्षिप्त सुन्दरी युवतीलाई भन्दै गर्दा मुखबाट एक शब्द ननिकाली युवती मेरो ट्याक्सी तर्फ लागिरहेकी हुन्छिन् । उनको कञ्चटमा मेरो दाहिने हातको पेस्तोलले चुम्बन गरिरहेको हुन्छ ।