Skip to content

जितै जितले पुग्छ (विशालको गजल)


जितै जितले पुग्छ तिम्लाई, हार्नु किन पर्यो ?
धोका दियौ काफी भयो, मार्नु किन पर्यो ?

भन्थ्यौ रे पागल हो त्यो, मिले जति सबलाई,
झुटो बोली बहाना बनाई, टार्नु किन पर्यो ?

भासिएकै छु मरुभुमिमा, थाहै छ नि तिम्लाई,
पाताल पुग्ने खाल्डो खनि, झार्नु किन पर्यो ?

विशाललाई लात हानी, महान भनी आफूलाई,
सत्य भए गल्ली गल्ली, चहानु किन पर्यो ?

आमभन्ज्याङ्ग-३ मकवानपुर
(२०६८।८।२५)

Leave a Reply

Your email address will not be published. Required fields are marked *