Skip to content


पसिनाको धारा बगाई धनी बन्ने आशा लिई,
ठमठम हिडीरहेछ भरिया अजङ्गको भारी लिई ।

घाम-पानी मतलब छैन् तिर्खा कति लाग्दो होला,
अरुजस्तै वसिखान उसलाई मन लाग्दो होला ।

थोरै खाई धेरै कमाई जहान उसले पाल्नु पर्ने,
मनका इच्छा सवै दबाई दुख सही बाच्नु पर्ने ।

हाड घोटि आँशु चुहाई पसिनामा रम्नु पर्ने,
दैवलेनि कस्तो बनाएछ रोई रोई हाँस्नु पर्न ।

(२०६२।४।११)

Leave a Reply

Your email address will not be published. Required fields are marked *